महिला वालबालिका कार्यालयबाटै पीडित छन् हिंसा पिडित महिला

E Naya Khabar Reporter २०७४ फागुन १ गते मंगलवार | Big News, मुख्य समाचार

 

उदयपुर २८ माघ ।
त्रियुगा नगरपालिका १२ कि रमा (परिवर्तित नाम) लाई ४ वर्ष अगाडी सोही नगरपालिका वडा नं. १३ बस्ने बर्ष ४१ को ध्रुव बस्नेतले विभिन्न प्रलोभनमा पारी भारतमा लगेर विक्री गरे । ३ बर्ष सम्म कोठीको नरकिय जिवन विताएकी रमा कोठीबाट भागेर नेपाल आउन सफल भईन नेपाल आएपछी उनले ध्रुवलाई कारवाही गर्नुपर्नै माग राखिन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईन उजुरीको आधारमा उनलाई पक्राउ गरियो मानव बेचविखन तथा ओसार पसार मुद्दामा उनी हिरासतमा गए । हाल उनी जिल्ला अदालत उदयपुरको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको प्रकृयामा गएको १ बर्ष भयो । मुद्दा चल्दा चल्दै उदयपुरको महिला तथा बालबालिका कार्यालयवाट मानव बेचविखन तथा ओसारपसारमा परेका व्यक्तिलाई जिविकोपार्जनका लागि दिईने कोषमा रहेको सहयोग रकमको लागि गत भदौमा निवेदन हालिन ६ महिना वितिसक्दा पनि सो रकम उपलव्ध हुन नसकेको उनको गुनासो छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ अनुसार वेचविखन पीडितलाई जिविकोपार्जनको लागि २५ हजार सम्म आर्थिक सहयोग गर्ने व्यवस्था छ । जिल्ला समिति समक्ष सहयोगको लागि निवेदन दिएकोमा कार्वाही नभएपछि एक महिना अघि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले रकम उपलब्ध गराउन महिला वालबालिका अधिकृतलाई निर्देशन दिनुभएको थियो । तर महिला वालबालिका अधिकृतले वेवास्था गरेको रमा बताउनु हुन्छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष र महिला विकास अधिकृत सदस्य सचिव रहने जिल्ला समितिबाटै वेचविखनमा परेका महिला समस्यामा परेका छन ।
त्यस्तै त्रियुगा नगरपालिका वडा नं. १२ की शान्ति विक घरेलु हिंसा प्रभावित अपांग महिला हुन । गत बैशाखमा श्रीमानले १ छोरासहित घर निकाला गरिदिएपछी शान्ति महिला पुनस्र्थापना केन्द्र ओरेकको महिला सुरक्षा आवासमा आएर आश्रय लिन बाध्य भईन । पटक पटकको छलफलमा पनि उनीहरुको मेलमिलाप हुन सकेन श्रीमानले शारिरिक यातना दिन थालेपछी शान्ति अर्काको घरमा ज्याला मजदुरी गरि जिविकोपार्जनमा लागिन । अहिले उनी बसपार्कमा बदाम बेच्ने काम गर्दछिन् । सो व्यवसाय गर्न विउपुजीका लागि उनले गत असारमा महिला तथा बालबालिका कार्यालयमा निवदेन गरिन सो रकम अहिले सम्म हात नपरेको शान्तिको दुखेसो छ । व्यवसाय गर्न केही सहयोग पाईन्छ भनेर ओरेकको सहायतामा निवेदन हाले तर अहिले सम्म पैसा हात परेन शान्ति बताउछिन् । त्याहाको रकम लिनु भनेको फलामको चिउरा चपाउनु जत्तिकै रहेछ हामी जस्ता गरिव निमुखाको लागि बनेको कार्यालय हैन रहेछ । प्रमुख जिल्ला अधिकारी प्रमुख रहने राहत समितिले लैङ्गिक हिंसामा परेका महिलाहरुलाई कुनै राहत नदिएको पीडित शान्ति गुनासो गर्नु हुन्छ । लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७ को नियम ११ मा पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने काम उदयपुरमा महिला विकास कार्यालयको लापरवाहीले पीडितले राहत पाउन सकेका छैनन । महिला वालबालिका अधिकृत सदस्य सचिव रहने राहत समितिले नै राहत नदिएको पिडितको आरोप छ । नियम १३ (घ) अनुसार पीडितलाई व्यवसाय गर्नको लागि वीउ पूँजीको रुपमा वस्तुगत तथा नगद अनुदान समेत गरी बढीमा वीस हजार रुपैया दिन सक्छ ।
बेलका नगरपालिकाकी परिवर्तित नाम (कविता) लाई भारतमा काम लगाईदिने बाहानामा भारत लगियो भारतका लगिएपछी उनलाई काम दिनको साटो विभिन्न बाहानामा जसले लग्यो उसैले दिनहु यौन यातना र यौन शोषणको शिकार बनाईयो । उनी नर्कमा फसिन न उनलाई नेपाल आउन दिन्छ नत कसैसंग सम्पर्क गर्न उनले १ वर्ष सम्म यौन शोषण खेपेर बस्नु पर्यो दिनानुदिन नयाँनयाँ मानिसहरुवाट शोषित हुन पुगेकी कविता नरकिय जिवनवाट पर्केर आउन सफल भईन । नेपाल आएर उनी महिला पुनस्र्थापना केन्द्र ओरेकको सम्पर्कमा आईन । उदयपुरमा रहेको महिला सुरक्षावासमा आश्रय लिई प्रहरीमा उजुरी गरिन मानव बेचविखन तथा ओसार पसार मुद्दा दर्ता भयो तर पिडक फेला परेन । मुद्दा दर्त पश्चात उनी महिला सुरक्षा आवासमा आश्रय लिई बसिन । मानव बेचविखन तथा ओसार पसार कोषमा रहेको जिविकोपार्जन बापतको रकमको लागि कार्तिक २१ गते निवेदन दिईन । निवेदन दिएको यतिका दिन विती सक्दा पनि सहयोग रकम नपाएको उनको गुनासो छ ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला कार्कीले कहिले चुनावको बाहाना त कहिले आफु नभएको बाहानामा पिडितलाई दिनुपर्ने रकम दिन आलटाल गर्दे आउनुभएको पिडितहरुको गुनासो छ । प्रमुख कार्की कार्यालयमा भन्दा काठमाडौमा बस्ने गरेको नाम नवताउने सर्तमा महिला तथा बालबालिका कार्यालयका एक कर्मचारीले बताउनु भयो । महिनामा ५ दिन मात्र कार्यालयमा रहने र कार्यालयमा रहेका बेला कर्मचारीलाई अभद्र व्यवहार गर्ने गरेको समेत उहाँले बताउनुभयो । पीडित महिलालाई आर्थिक सहयोग महिला तथा बालबालिका कार्यालयबाट हुने महिला विकास अधिकृत निर्मला कार्कीले बताउनु भयो । ‘हामीले जिल्ला समितिबाट निर्णय गराउनु पर्ने भएकाले ढिलो भएको हो ।’ उहाँले भन्नु भयो ‘स्थानीय चुनाव र प्रदेश र प्रतिनिधि सभाको चुनावको कारण हामी पीडितलाई सम्बोधन गर्न ढिलो भएको हो ।’ केही हिंसा पिडितको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको छ तर क कस्को नाम छ भन्ने आफूलाई थाहा नभएको अधिकृत कार्की बताउनु हुन्छ ।

19 पटक हेरिएकाे
Top