गाँउमा हराउँदै सहरमा अर्कषण बन्दै गएको जुनेलो र फापर खेती बढ्दै

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | Big News, अर्थ

 

उदयपुर, माघ २८

सहरमा माग बढ्दै गएपछि गाँउमा हराउन थालेको फापर, जुनेलो तथा फिलुङेको खेती बढ्न थालेको छ । गाँउ गाँउमा पुगेका सडक सञ्जाल जोडिएपछि लोप हुँदै गएको खद्यन्न बालिमा पर्ने फापर, जुनेलो, फिलुङको खेती बढ्न थालेको हो । उदयपुरको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत सहजै उत्पादन हुने फापर, जुनेलो, फिलुङे, सिलाङ खेती अहिले कृषकका आम्दामी दिने स्रोत बन्न थालेका छन । पछिल्लो सययमा बजार क्षेत्रका यिनै बालीको माग बढ्न थालेको कृषर्क खेतीतर्फ पनि आर्कषित हुन थालेको बताँछन ।  केहिवर्ष पहिलेसम्म मकै भुटेर खाजाको रुपमा  खान बाहेक जुनेलो खासै बिक्री हँुदैन थियो, कटारी नगरपालिकाका १२ लख्खु राईले भने, ‘त्यसैले हामी जाँड र रक्सीमा प्रयोग गर्दथ्यौ, अहिले घरबाटै बिक्रिी हुन थालेको छ, बजारसम्म पनि बोकेर जानु पर्दैन ।’ धान, मकै कोदो भटमास भन्दा फरक बालिमा मानिने जुनोलो र फिलुङेको अहिले व्यवसायीक खेती हुन थालेको छ ।ग्रामिण क्षेत्रमा कृषकले परम्पराग रुपमा उत्पादन गर्दै आएका जुनेलो, फापर, कोदो, फिलुङे अहिले आम्दामीको स्रोत बनेको कृषकहरुको भनाइ छ । ‘हामीले उत्पादन मात्र गर्नुपर्छ’, ताप्ली गाँउपालिका ४ थुम्कीका नरमाया राईले भनिन्, ‘किन्नको लागि घरमै किलो तराजु लिएर व्यापारीहरु आउने गरेको छन, त्यसैले खेती गर्ने जमिन बढाउँदै लगेका छौ ।’बजार क्षेत्रमा फापर, जुनेलो, फिलुङेको माग बढेपछि खेती गर्नेहरु पनि बढ्दै गएका छन । धानको मल्यभन्दा बढी मुल्यमा जुनेलो, फापर तथा फिलुङे बिक्री हुन थालेको छ । जुनेलो, प्रतिकी एकसय ३०, फापर ७० र फिलुङ ४ सय रुपियाँसम्ममा बिक्री कृषकको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालि बिकास अधिकृत रामसेवक ठाकुरले उदयपुरमा ३ सय हेक्टरभन्दाबढी जग्गामा खेती हुन थालेको बताए । ‘प्रया उदयपुरको सुनकोसी गढतिरमा पर्ने पाखो जमिनमा खेती हुन थालेको छ,’ उनले भने, ‘त्यस भेगमा परम्परा गत रुपमा कृषकले लगाउने बालि भएपनि हराउन थालेको थियो, अहिले खेतीमा विस्तार हुन थालेको छ ।’जिल्लाको ८ वटै स्थानीय तहको बेसी, चुरे क्षेत्र खोच तथा सुनकोसी नदिको गढतिरका क्षेत्रका खेती हुन थालेको कार्यालयको दावी छ । हलेदे, निबुवाटार, राम्चे, आदमारा, कवासेटार, बुत्कु, ठानागाउँ लगायत दर्जन बढि गाउँका किसानहरु आजभोली जुनेलो र तिते फापरको खेतीप्रति आकर्षित भएकाछन  ।मधुमेहका बिरामीहरुको लागि जुनेलो, तिते फापर र कोदोको पीठो खानु अत्यन्तै उपयोगी मानिन्छ । बजारमा जुनेलोको दाना, कोदो र फापरको पिठोको माग बढेको कारण दुर्गम पहाडी क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका हुनछन । पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्त्तै बढेको छ  । बिशेष गरेर शहरीया उपभोक्ताको दैनिक उपभोग्य वस्तुको रुपमा जुनेलो र फापरको परिकार बन्ने बन्न थालेको छ ।टुहुराको दिन फर्किन्छ भन्ने पुरानो नेपाली उखान झै आवश्यक सिंचाइ र मलजलको अभावमा वर्षैभरी बाँझै रहने पाखो, भिरालो र खोरीया बारीमा पनि जुनेलो र तिते फापरको खेतीको लहर चलेको छ । उत्पादनमा समेत बृद्वि भएको र यसबाट दुर्गमका गरीव किसानको आर्थिक स्थितिमा समेत उल्यख्य सुधार आउन थालेको छ ।

282 पटक हेरिएकाे
Top