उदयपुर उद्योग बाणिज्य संघको अध्यक्षमा खड्काकाे पाेल्टामा

E Naya Khabar Reporter २०७४ माघ २९ गते सोमवार | Big News, अर्थ

 

उदयपुर, माघ २८

कटारी स्थित उदयपुर उद्योग वाणिज्य संघको अध्यक्ष्मा पुष्कर खड्का निर्वाचित भएका छन। निर्वाचन कार्यालयका अनुसार अध्यक्षमा निर्वाचित खडकाले प्रतिद्वन्दी राधेश्याम साहलाई एक सय ९७ मतले पछि पार्दै निर्वाचित भएका हुन । खड्काले ५ सय ९२ मत प्राप्त गरेका छन भने प्रतिद्वन्दी साहले ३ सय ३५ मत प्राप्त गरेर पराजित भएका छन। यसैगरी बरिष्ठ उपाअध्यक्षमा अरुणकुमार साहले ५ सय ३९ मतले निर्वाचिति भएका छन भने प्रतिद्वन्दी ३ सय ५० मत प्राप्त गरेका छन। प्रथम उपाध्यक्षमा महेन्द्र लाल दासले ४ सय ६७ मतले जितेका छन भने प्रतिद्वन्दी दिनेश्वर साहले ३ सय ९७ ल्याइ पराजय भएका छन। यसैगरी संघको दितिय उपाध्यक्षमा मुना कुमारी कटुवाल ५ सय ४३ ले निर्वाचिति भएकी छिन । कटुवालका प्रतिद्वन्दी मन्जेश श्रेष्ठले ३ सय ४६ मत प्राप्त गरेका छन।  यसैगरी जमान सिङ बस्नेतले महासचिव ५ सय ४५ मतले विजयी हाँसिल गरेका छन। बस्नेतका प्रतिद्वन्दी कृष्ण खड्का ३ सय ४१ प्राप्त गरेका छन। सचिवमा राम कुमार चौधरीले ५ सय ९ मत प्राप्त गरी जित हाँसिल गरेका छन भने प्रतिद्वन्दी दिपज्योति राजवंशी ३ सय ५५ मत प्राप्त गरेका छन। यसैगरी सह सचिवमा रुद्रबहादुर खत्रीले ४ सय ५६ ले विजयी भएका छन भने प्रतिद्वन्दी अशोक श्रेष्ठले ४ सय १७ मतले पराजय भएका छन। यसैगरी संघको कोषाध्यक्षमा गोकर्ण दनुवार कोषाध्यक्षमा ५ सय ३३ मतले निर्वाचित भएका छन भने प्रतिद्वन्दी पनव श्रेष्ठको ३ सय ६५ प्राप्त गरी पराजय भएका छन। संघको सदस्यहरुमा द्वारिका बस्नेत खड्का ५ सय ६३, शखर बहादुर कटुवाल ४ सय ७८, बन्शिधर न्यौपाने ४ सय ७७, एकलाख खान ४ सय ६९, आनन्द महासेठ ४ सय ५४ मतले निर्वाचित भएका छन। यसैगरी सदस्यहरुमा प्रताप श्रेष्ठ ४ सय ५२, गोपि पराजुली ४ सय ४७, खम्बसिङ तामाङ ४ सय २१ र शैलेस कार्की ४ सय ३ मतले निर्वाचित भएका छन। सह सचिव खत्री र कोषाध्यक्ष दनुवार राधेश्याम साह प्यालन हुन भने बाँकी सवै खड्काका प्यानलका निर्वाचित भएका छन । यता सदस्यहरुमा शंकर, प्रताप श्रेष्ठ, खम्वसिंह तामाङ साह प्यानलका हुन अरु सवै खड्का प्यानलका निर्वाचित भएको निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले बताए। कटारी क्षेत्रका व्यापारीको छाता संगठन रहेको उदयपुर वाणिज्य संघ कटारीको १५ औं साधरण सभा तथा अधिवेशनमा सहमति जुटन नसकेपछि निर्वाचन भएको थियो । ‘सामाजिक उत्तरदायित्व सहितको व्यवसाय हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ भएको साधरण सभाले नयाँ कार्य समितिको लागि शनिबार सम्पन्न गरेको निर्वाचनमा एक हजार १२ जना मतदाता रहेपनि ९ सय ५२ मतदाताले मतदान गरेका थिए।

19 पटक हेरिएकाे
Top