उदयपुरका उल्टोमोटरसाईकल यात्रीले पाए अमेरिकन बाईक (कर्कीले यसरी कुदाँउछन उल्टाे माेटर साइकल भिडियाे सहित)

E Naya Khabar Reporter २०७४ माघ २३ गते मंगलवार | Big News, खेलकुद, भिडियो

 

उदयपुर, माघ २२
उदयपुरका उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीले अमेरिक मोटरसाईकल उपहार पाएका छन । उल्टोमोटरसाईकल यात्रीको परिचय बनाइसकेका कार्कीलाई आईएमसी ग्रपले अमेरिकन कम्पनीको  चार लाख मुल्य बराबरको २३० सीसी यूएमडिएसआर मोटरसाईकल उपहार दिएको हो ।
आईतबार उल्टो मोटरसाईकल यात्रीको रुपमा यूएमडिएसआर मोटरसाईकल कम्पनीका उज्जवल जोशी र आइएमीका कन्ट्रि मेनेजर दिपेस कायस्थले हस्तातरण गरेका थिए ।


उनले विश्व उल्टोमोटरसाईकल यात्रुको रुपमा गिनिजबुकमा नाम दर्ज गर्ने लक्षका साथ अगाडी बढिरहेको कार्कीको अहिलेसम्म आप्mनो मोटर साईलक थिए । ‘मेची–महाकाली उल्टो मोटरसाईकल यात्रा गरिसकेको छु,’ कार्कीले भने, ‘अहिलेसम्म सबै मागरे चलाएका मोटर साईकल मात्र थिए ।’
उल्टो मोटर साइकल यात्रा गर्ने कार्कीको यात्रा
चित्रलाई ०६६ सालमा कक्षा ९ मा पढ्दै गर्दा उल्टो बसेर राम्ररी मोटरसाइकल कुदाउन आउँथ्यो । तर, उल्टो कुदाउँदा प्रहरीले पक्राउ गर्दथ्यो । उनले विद्यालय, चोक, मेला बजारमा भएका कार्यक्रममा उल्टो मोटरसाइकल कुदाएर देखाउन थाले । ‘कति ठाउँमा उल्टो कुदाउन स्टाट गरेपछि सबै मान्छे मार्ने भो पागलले भन्दै भाग्थे,’ चित्र भन्छन, ‘अनि पक्रेर कुट्नसमेत खोज्दथे ।’ विस्तारै धेरैभन्दा धेरै कार्यक्रममा जहाँ प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका ठूला नेता, प्रहरी भएका कार्यक्रममा जबरजस्ती मोटरसाइक उल्टो कुदाएर देखाउन थाले ।
त्यसपछि जिल्लामा भएका साना तथा ठूला कार्यक्रममा उल्टो मोटरसाइकल हाँकेर देखाउने वातावरणसमेत मिल्दै जान थाल्यो । उदयपुरको कटारी, बेल्टार, घुर्मी, रामपुर लगायतका बजारमा धेरै पटक उल्टो मोटरसाइकल हाँकेर देखाए । उल्टो मोटरसाइकल चलाएको समाचार स्थानीय पत्रपत्रिका, टेलिभिजन लगायतमा आउन थाल्यो । कक्षा १० मा पढ्दै गर्दा मेरो उनको प्रतिभा देखेर सिरहा लाहन घर भएका काठको व्यवसायी गर्ने रवीन्द्र कार्कीले यामाहा कम्पनीको एक मोटरसाइकल उपहार दिए । प्रवेशिका परीक्षापछि मलाई सबैले उल्टो मोटरसाइकल कुदाएर नेपालको मेची–महाकाली गर्नुपर्छ भन्दै उनलाई हौस्याए ।
०६८ सालमा सिंहदरबारमा उल्टो कुदाउँदा कर्मचारी पत्रकारले फोटो र भिडियो खिचेपछि टेलिभिजनमा समाचार आयो । त्यसपछि उनलाई बोलाएर काठमाडौंको रिङरोडमा समेत कुदाउन लगाइयो । त्यसपछि उनले मन्त्रालयबाट अनुमति पाए । मेची महाकाली गर्नको लागि गृह र पर्यटनले एकसाथ अनुमति पत्र दियो । अनुमति पत्र लिएर आएपछि उनले चन्दा उठाउन सुरु गरे । चन्दाबाट ६०र७० हजार जम्मा भएको थियो ।
त्यही पैसाले ‘शान्ति र संविधान, युवाको अभियान, भ्रष्टचार मुक्त राष्ट्र निर्माण गरौं, पर्यटन वर्ष २०११ सफल पारौं, पर्यटकलाई आर्कषण गरौं, भन्ने नारा लिएर उल्टो मोटरसाइकल यात्रामा निस्के । ०६८ भदौ १९ गते झापाको मेचीपुलबाट सुरु गरेको उल्टो यात्राले २३ गते भदौ दोधारा चाँदनीमा पुगेर समाप्त गरे । बीचबीचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतले सुरक्षा दियो । बाटोबाटोमा खान, बस्न र पेट्रोलको समेत खर्च गरिदिने दाइहरु भेटे । चन्दा उठाएको पैसामा अरु पैसा जम्मा गरेर गाईघाट फर्के । ‘चन्दा उठाएर खर्च गर्न गएको,’ चित्र भन्छन, ‘उल्टै जम्मा गरेर फर्कंदा दंग परें । त्यसपछि मोटरसाइकल कुदाएको समाचार प्रकाशन र प्रसारण भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन बोलाइयो । मागेको प्रमाण पु¥याएर २०११ गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालय लन्डनमा पठाए । उल्टो मोटरसाइकल कुदाउनेमा विश्वमा पहिलो भएको जानकारी आयो । ‘हातमा प्रमाण पत्र मात्र छैन,’ कार्की भन्छन, ‘प्रक्रिया अलि लामो भएकाले ढिलै आउँछ रे, मलाई गएको मार्च १५ मा प्राप्त भएको इमेलअनुसार अप्रिलभित्र पाउने भएको छु ।’
यसरी सिकेका थिए उल्टो कुदाउन
कुनै वेला कार्की विभिन्न ठेक्कपट्टा गर्ने व्यक्तिहरुसँग हिँड्न थाले । त्यसैक्रममा उनले मोटरसाइकल चलाउन सिक्दै गएको उनी सम्झन्छन् ‘दाइहरुको मोटरसाइकल बीच बाटोमा बिग्रेको खण्डमा मलाई डोर¥याउन लगाउँथे,’ चित्रले भने, ‘म मोटरसाइकल डोर¥याएर ग्यारेजमा पु¥याउने काम गर्दथें ।’ मोटरसाइकल सिकेपछि उनले मोटरसाइकल चलाउन ड्राइभरको रुपमा काम गर्न थाले ।
काम गरेर फर्कंदा घरमा जान ढिला भयो भने मोटरसाइकल नै दिएर पठाउँथे । उनी घरमा मोटरसाइकल लगेपछि रातभरि सिक्थे । ‘दाइहरुले नै दिएको पैसाले पेट्रोल किनेर हाल्थें । सिक्दै जाँदा उल्टो पनि चलाउन मन लाग्यो, उल्टो चलाउन थालें पनि’ उनी भन्छन् ।
उल्टो कुदाउन खोज्दा कति पटक लडें, कतिपटक चोटपटक लाग्यो सम्झेर साध्ये छैन । मलाई सम्झना छ, ‘उल्टो कुदाउँदा साइलेन्सरले खुट्टा पोलेर एक महिना बिरामी भएँ । एक पटक ट्राफिक प्रहरीले पक्राउ गरेर रातभरि जिल्ला प्रहरी कार्यालय राख्यो ।’ उनी सम्झन्छन् । ‘अव नयाँ मोटरसाईकल पाएको छु’, उनले भने, ‘उल्टो मोटरसाईकल चलाएर विश्व यात्रामा निस्कने तयारी गरिरहेको छु ।’

हेर्नुहाेस भिडियाे

174 पटक हेरिएकाे
Top