उदयपुरगढीमा पानीको समस्या

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | Big News, र्इखबर

 

१७,बुधबार ,२०७४
नेपालटार–उदयपुरको उदयपुरगढी गाउँपालिकाको केन्द्रमै खानेपानीको हाहाकार रहेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ५ स्थित गढी क्षेत्रमा पानीको समस्या रहेको हो । गाउँपालिकाको वडा नम्बर ४ भेडिखोरबाट ल्याईएको पुरानो खानेपानी आयोजना जीर्ण भईसकेपछी गढी क्षेत्रमा पानीको समस्या बढेको हो ।
गढी क्षेत्रमा अहिले पानी लिनका लागि १ घण्टा टाढाको कुवा धाउनुपर्ने बाध्यता रहेको स्थानिय मेघप्रसाद धमलाले बताउनुभयो । धमलाका अनुसार पुरानो आयोजनाको खानेपानी आउन छाडेपछि अहिले पानीको समस्या बढेको हो । गढीको पानीको समस्या समाधानका लागि नेपाल सरकारको ४ करोड ६९ लाखको आयोजना क्रमागत रुपमा ३ वर्षदेखि संञ्चालनमा छ ।
उक्त आयोजनाको ३५ लाख बराबरको काम भएपनि अहिले सम्म ईन्टेक र १७सय ३२ मिटर पाईप विछ्याईपनि यो आयोजनाले पानी ल्याउन धेरै समय लाग्ने उदयपुरढी खानेपानी आयोजनाका सचिव दिपक रोकाले बताउनुभयो ।१९ किलोमटिर टाढाबाट ल्याउनु पर्ने आयोजनाको काम विभिन्न कारणले ढिलासुस्ति हुने पनि रोकाले बताउनुभयो ।
अहिले उक्त क्षेत्रमा अन्दाजि दुई सय घरपरिवार पानीको समस्यामा रहेको गाउँपालिकाका प्रमुख अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनुभयो । गाउँपालिकाको केन्द्र भएपनि पानी लगायतका आवश्यक पूर्वाधारको समस्या रहेकाले विस्तारै आयोजनाहरुको कामलाई तिब्रता दिन पहल गरिरहेको पनि मगरले बताउनुभयो ।

पानीको समस्याका कारण गढी क्षेत्रमा लुगाधुन ,नुहाउनका साथै आयोजनाका निर्माण कार्यहरु समेत प्रभावित हुने गरेको स्थानियले जानकारी दिएका छन् । उदयपुरगढी जिल्लाको पुरानो सदरमुकाम हो ।

112 पटक हेरिएकाे
Top