उदयपुर सुरक्षा प्रमुख विहिन, शान्ति सुरक्षा कमजोर हुँदै चोरीका घट्ना बढे

E Naya Khabar Reporter २०७४ माघ १७ गते बुधवार | Big News, मुख्य समाचार

 

उदयपुर, माघ १७

दुई हप्तादेखि उदयपुर सुरक्षा निकायका प्रमुख विहिन भएको छ । सुरक्षा निकाय अन्र्तगत पर्ने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी त्रियुगा गुल्म उदयपुर प्रमुख विहिन भएको हो । कोही माघ १ गतेभन्दा अगाडीनै, कोही माघी मनाउन गएर नर्फर्केपछि महत्पुर्ण मानिने सरकारी कार्यालय मानिने जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय निमित्ति प्रमुखको भरमा चल्दै आएको छ । उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले गएको माघ १ गतेखि उदयपुर प्रमुख जिल्ला अधिकारी विहिन भएको बताए । ‘उदयपुरका प्रमुख जिल्ला अधिकारी कामु मात्र हुन,’ उनले भने, ‘कामु प्रजिअ प्रदिपराज कणेलको पनि अहिले सात नम्वर प्रदेशको मुख्य मन्त्रीको कार्यालयमा सरुवा भएको जानुभयो, त्यसपछि उदयपुर प्रजिअ विहिन भयो ।’  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको वेला उम्मेदवारलाईनै विद्युतीय आक्रमण भएपछि तत्कालि उदयपुर प्रजिअ चन्द्रमान श्रेष्ठ गृहमन्त्रालय तानिए  । त्यसपछि कामु प्रजिअको रुपमा कणेल आएका थिए । अहिले कणेलकै सरुवा भएपछि प्रशासकीय अधिकृत खड्का निमित्त भएर सञ्चालन गरिरहेका छन । ‘कुनै त्यस्तो साह्रो गा्रह्रो छैन,’ पुन निमित्त खड्काले भने, ‘दुई चार दिनमै सिडिओ र एसपी साव आउनु हुने जानकारी पाएको छु ।’ उपचारको लागि माघ महिना सुरु हुनुभन्दा अगाडीनै जिल्ला प्रहरी प्रमुख एसिपी साव हिडेपछि डिएसपी मेघराज अधिकारी निमित्त भएर बसेका छन । उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले उदयपुर छाडेको १४÷१५ दिनभन्दा बढी भइसकेको उनले बताए । ‘उहाँ पनि दुई चार दिन भित्र आउनु हुन्छ भन्ने सुनेको छु,’ पुन डिएसपी अधिकारीले भने, ‘एसपी साव अव छिट्टै आउनु हुन्छ ।’ उदयपुरमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रमुखमा एसपी र डिएसपीको दरबन्दी छ  । उता  इलाका प्रहरी कार्यलय कटारीमा पनि डिएसपीको दरबन्दी छ ।  अहिले जिल्ला प्रहरी कार्यलय उदयपुरमा निमित्त प्रहरी प्रमुख भएका अधिकारी इलाका प्रहरी कार्यलयमा कार्यरत छन । जिल्ला प्रहरी कार्यलयमा कार्यतरत डिएसपी सरुपा भएर गएपछि अधिकारी कटारीबाट आएर निमित्त प्रमुख भका हुन । यता सशस्त्र प्रहरी त्रियुगा गुल्मका प्रुमख पुरन भट्ट पनि एक हप्तादेखि उदयपुरमा छैनन । डिएसपी साव भट्ट पनि उदयपुर नभएको जानकारी निमत्ति प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए । ‘उहाँ भोलि प्रर्सितिर आउनु हुन्छ,’ खड्काले भने, ‘अव सवै जना आउने वेला भइसकेको छ, जिल्लामा खासै कुनै जटिल समस्या छैन ।’

शान्ति सुरक्षा कमजोर बन्दै, एकै रातमा एक लाख चोरी

उदयपुरमा शन्ति सुरक्षा कमजोर बन्दै गएको छ । गाईघाटकै मुटु बजार त्रियुगा नगरपालिका ११ स्थित झण्डै एक लाख बराबरको चोरी भएको छ हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिमाली टोलमा गएको मंगलबार राती तीन पसलबाट चोरी भएको हो । जिल्ला प्रहरी निमित्त प्रमुख डिएसपी मेघराज अधिकारीका अनुसार कुमार किराना पसलबाट नगद ७४ हजार र पवित्रा मोवाईल सेन्टरबाट ४० हजारको जिन्सी चोरी भएको छ भने सगरमाथा फोटो स्टुडियोको पसल मात्र फोडिएको छ । ‘चोरी योजनाबद्ध भएको प्राआरम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी अधिकारीले भने, ‘चोर पक्राउ गर्नेगरी प्रहरी परिचालन गरेको छु ।’ दुई दिन अघि मात्र पनि गाईघाटकै संग टोल स्थित एक पसल समेत फोडिएको उजुरी परेको प्रहरीको भनाई छ । यता त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले दिनप्रतिदिन चोरी घट्ना बढेको भन्दै प्रहरी प्रशासनसँग कारवाहीको माग गर्दै प्रेस विज्ञप्ति निकालेको छ । ‘व्यापारीका पसलहरु असुरक्षित हुँदै गएका छन,’ त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगवतले भने, ‘चोरलाई तत्कालि पक्राउ गरी व्यापारीलाई शान्ति सुरक्षाको आभास दिलाउन माग गरेका छौ ।’ उद्योग बाणिज्य संघले शान्ति सुरक्षा मजवुद बनाउन माग गर्दै चोरीको घट्ना बढ्दै गएको भन्दै शान्ति सुरक्षा मतबुत बनाउन माग गरेको हो ।

30 पटक हेरिएकाे
Top