अनुगमन टोली आउँदा कटारीका औषधी पसल सञ्चालक फरार

अभिमन्यु लामिछाने २०७४ माघ १४ गते आइतवार | Big News, जीवनशैली

 

कटारी, माघ १४

औषधि व्यवस्था विभागको अनुगमन आउने सूइँको पाएपछि कटारीका अधिकांश औषधि पसलहरु शुक्रबार र शनिबार बन्द गरिए ।

विभागको शाखा कार्यलय विराटनगरबाट खटिएको टोलीले कटारीका औषधि पसलको छड्के चेक गर्ने सूचना औषधि पसलेहरुले पहिल्यै थाहा पाएका थिए । दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु राखेका हुन सक्ने औषधि पसलहरुले अनुगमनको सूचना पाउनासाथ पसल बन्द गरेका थिए ।

अधिकांश औषधि पसल किन बन्द भन्दै इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेललाई अनुगमन टोलीले जानकारी मागेका थिए  । तर उनले यसमा अनविज्ञता प्रकट गरे । अनुगमन आउँदा औषधि पसल बन्द भएपछि स्थानीयले गुणस्तरमा आशंका व्यक्त गरेका छन् ।

जनता साझा पोलीक्लीनिक, सगरमाथा हास्पिटल, बारा मेडिको, देव मेडिको र रोहित रोशन मेडिको बन्द थिए । अनुगमनका क्रममा ओवैस फर्मामा बिक्री बितरणको बिल दुरुस्त नरहेको, पसल दर्ता प्रमाणपत्र नबिकरणको म्याद सकिएको र औषधि मिश्रीत साबुन (भ्याटमा खरीद) संचय गरेको भेटिएको औषधि व्यवस्था विभाग बिराटनगर शाखाका फार्मेसी अधिकृत बिजय कार्कीले  जानकारी दिए ।

बन्द फार्मेसी दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औसधिहरु हुन सक्ने र विभागको मापदण्ड  पूरा नगरेके हुनसक्ने फार्मेसी अधिकृत कार्कीले बताए ।

कटारी मोडल हेल्थ केयर प्रा.ली, आस्था हस्पिटल प्रा.ली., उज्वल मेडिको, ओवैस फर्मा, शाह मेडिको ,कटारी आस्था मेडिको र हलेसि फार्मेसी भने खुलेका थिए ।

अनुगमनमा असहयोग गरेकाले बन्द फार्मेसीलाई जिल्ला प्रशासन कार्यलय र जिल्ला

144 पटक हेरिएकाे
Top