भलिवलको उपाधि उदयपुर स्पोर्टसलाई

E Naya Khabar Reporter २०७४ माघ १३ गते शनिवार | Big News, खेलकुद

 

गाईघाट
‘प्रथम उदयपुर स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उपाधि आयोजक उदयपुर स्पोर्टस क्लवले चुमेको छ ।
सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा शनिबार भएको फाईनल खेलमा उदयपुरले वेष्टअफ फाईभको तालिकामा बेलका नगरपालिकालाई पछि पारेको हो । निकै प्रतिसपर्धात्मक खेलको पहिलो सेटमा बेलकाले २५–२३ ले जिते पनि त्यसलाई निरन्तरता दिन नसक्दा उपविजेतामा चित्त बुझाउनु परेको हो ।
लगत्तै दोस्रो र तेस्रो सेटमा उदयपुरले २५–२१, २५–२३ ले टिमलाई अग्रता दिलाए पनि चौथों सेटमा सोचेअनुरुप प्रर्दशन गर्न नसकेपछि बेलकाले २५–१९ को सेटमा पछि पारेको थियो । पहिलो र चौथों बेलका र दोस्रो र तेस्रो सेटमा उदयपुरले जितेपछि खेल निर्णायकका लागि पाचौँ सेटमा पुगेको थियो ।
पाचौँ सेटमा खेलाडीको अबश्थालाई हेरी मुख्य रेफ्रीले १५ अंकमा खेल खेलाएका थिए । पाचौँ सेटमा उदयपुरले १५–१३ को अंकले आफ्नो उपाधि चुम्ने अवसरलाई सार्थकता दिलाएको हो । ७ वटा टिम सहभागिता रहेको प्रतियोगितामा ताप्लि गाउँपालिकाले तेस्रो स्थान सुरक्षित गरेको थियो । ८ स्थानीय तह र १ आयोजक गरी ९ टिमले प्रतियोगितामा सहभागि जनाउने भनेपनि कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन् ।
जितसँगै विजेता समुह उदयपुर स्पोर्टस क्लवलले नगद ६५ हजार, शिल्ड, मेडल, उपविजेता बेलकाले नगद ३५ हजार शिल्ड, मेडल र तेश्रो स्थान हासिल गर्ने ताप्लिले नगद २० हजार र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर बिद्यामा सर्वोत्कृष्ट हुने खेलाडीलाई जनही २÷२ हजारका दरले नगद, मेडल, ट्रफी प्रदान गरिएको मुल समारोह समितिका संयोजक तथा जिल्ला भलिवल संघका अध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिए ।

23 पटक हेरिएकाे
Top