सिद्धिचरण राजमार्ग दिनप्रतिदिन जिर्ण बन्दै

E Naya Khabar Reporter २०७४ माघ १२ गते शुक्रवार | Big News, मुख्य समाचार

 

उदयपुर, माघ १२

सिराहाको मिर्चैादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुँगा र सोलुखम्बु जोड्ने सिद्धिचरण राजमार्ग दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । कटारी मिचैँया सडक सण्डमा मारुती र कसमस सिमेन्ट उद्योगका चुनढुँगा बोक्ने टिफर र पहाडी क्षेत्रमा समयसमयमा मर्मत नहुँदा जिर्ण बन्दै गएको हो ।उचित मर्मत सम्भार नहुँदा हिउँदमा धुलाम्य र वर्खामा हिलाम्य हुने समस्या परम्परागत बनेको छ । मिर्चैयादेखि कटारीसम्मको खण्डमा दर्जनौं ठाउँ भत्केर कच्चीभन्दा कमजोर देखिन्छ भने कटारीदेखि घुर्मीसम्मको सडक खण्डमा कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन हुने गरेको सवारी चालक अनिल खत्रीले बताए । ‘कुन सालमा गरेको कालोपत्र हो, कुन्न,’ खत्रीले भने, ‘पिच सवै उक्किएर गईसकेको छ, खाल्डाखुल्डीको कुरै नगरौं ।’ उनका अनुसार कटारी घुर्मी जम्मा ४६ किलोमिटर सडक पार गर्न मालवाहा ट्रक तथा ठुला यात्रुवाहक वसलाई ३ घण्टाभन्दा बढी लाग्ने गरेको छ ।फेरि सडकमा गुड्ने सवारीको संख्या बढ्दै गएको छ । तर, सडकको अवस्था गुज्रिन्दै गएको छ । उदयपुर उद्योग बाणिज्य संघ कटारीका पुर्व उपाअध्यक्ष धनबहादुर कटुवालले एक दिनमा सयांैको  संख्यामा सवारी साधन गुड्ने भएकाले समस्या सामधना नहुने बताए । ‘मिर्चैयादेखि कटारीे खण्डमा मारुती सिमेन्ट र कसमस सिमेन्टका ट्रिफरले सडक ध्वस्त बनाएको छ ।’ कटुवालले भने, ‘यात्रुबाहक गाडी बढीमा १० टन क्षताका हिड्न बनाइएको सडकमा हो तर, २५ टन बढी बोकेका ट्रिफर दिनरात गुड्ने गर्दछन । मर्मत सम्भारमा कसैको ध्यान नपुगेको गुनासो कटुवालले गरेका छन ।सिद्धिचरण राजमार्गको स्तरउन्नितिका लागि स्थानीयको पहल नभएको भने छैन । उदयपुर क्षेत्र नं. ३ का नेपाली कांग्रेसका सांसद् नारायणबहादुर कार्की, नेकपा माओवादी केन्द्रका समानुपातिक सांसद् भेषकुमारी राउत कोपिला’ले संसदमा समेत कुरो उठाएका थिए । ओखलढुंगा, खोटाङ्ग, सोलुखुम्बुका सांसद्हरूले पनि सडक मर्मतबारे संसदमा बोलेका थिए । जीर्ण सडकबाट जोखिपुर्ण तरिकाले ओखलढुँगा, सोलुखम्बु र खोटाङ लगायतका क्षेत्रमा उपभोग्य बस्तुको ढुवानी गर्न बाध्य भएको व्यापारीहरुले बताउँदै आएका छन् । यता खोटाङको चर्चित हलेसी, धार्मिक क्षेत्र आउने पर्यटनमा समेत असर पारेको छ ।  स्थानीयका अनुसार भत्केको सडक मर्मतका नाममा वर्षेनी लाखौं बजेट छुट्टिए पनि बालुवामा पानी हालेसरह हुने गरेको छ । बढी भार क्षमताको सवारी थाम्ने गरी मर्मत तथा सडक स्तरोन्नति गर्ने तयारी भईरहेको पनि सडक डिभिजन कार्यालय लहान कार्यालयले जनाएको छ ।  सडक निर्माण गरेर मर्मतको लागि व्यवास्था गर्ने सरकारी लापरवाहीले जीण मात्र बनेको हो । २०३४ सालमा सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडियो । त्यसपछि कटारी–ओखलढुङ्गा निर्माण सुरु भएको थियो । त्यसैक्रममा २०५८ सालमा कटारी–घुर्मी सडकमा पनि यातायात सञ्चालन आयो । अहिले सिधा यातयात खोटाङ, ओखलढुँगा र सोलुखम्ब जोडिएको छ । सडक बनाउने तर मर्मत नगर्ने आम प्रवृत्तिले सडक उपभोक्ताले सास्ती खेप्नु परेको छ । मिर्चैया–कटारी २६ किलोमिटर  र कटारी–घुर्मी ४६ किलोमिटर सडकमा गुडिसक्नु छैन ।  कटारी मिर्चैया सडक सञ्चालनमा आएको पाँच दशक पछि अहिले खोलामा पक्क पुल बन्दै छ । कटारी मिचैँया सडक खण्डको तीन खोलामा धमाधम पुन निर्माको कार्य अन्तिम चरणमा पुगेको छ । यता सोही सडकमा पर्ने तावा र मरुवा खोलामा केही वर्ष अगाडी मात्र पक्की पुल सञ्चालनमा आएको थियो । वर्षामा हिलाम्य र हिउँदामा धुलाम्य भए पनि ओखलढुँगाको हर्कपुर र उदयपुरको घुर्मीमा पर्ने सुनकोसीमा पक्की पुल बनेपछि ओखलढुँगा, सोलुसम्बु सिधा तरिकाले जोडिएको छ । ओखलढुँगा, सोलुसम्बुलाई मध्यपहाडी लोकमार्गले राजधानी लगाय पश्चिम नेपाल जोडेपनि तराई मधेस जोड्ेने एक मात्र सिद्धिचरण राजमार्गनै हो ।

87 पटक हेरिएकाे
Top