सार्वजानिक जग्गा अतिक्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन

E Naya Khabar Reporter २०७४ माघ ५ गते शुक्रवार | Big News, फाेटाे ग्यालरी, मुख्य समाचार

 

उदयपुर, माघ ५

नगरपालिकाको बजार क्षेत्र भित्र पर्ने सार्वजानिक जग्गा अतित्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन बसेको छ। नगरपालिकाको गाईघाटमा रहेको हवाई फिल्डको झण्डै दुई विघा जग्गामा स्थानीयले घर टहरा बनाएर अतिक्रमण गर्दा पनि नगरपालिका मौन बसेको हो । त्रियुगा नगरपालिका १३ मा पर्ने हावाई फिल्डको थारुहट रंगशाल र मदन भण्डारी अतिथि सदन भवन बन्दै गरेको छेउछाउमा अनुमानि २ विघा सार्वजानिक जग्गामा स्थानीय घेराबेरा गरेर अतिक्रमण गरेका छन। कसैले घर बनाएका छन भने कसैले बासका भाटाले घेरेर ग्राहक खोजी गरी बिक्री समेत गरिरहेको स्थानीयको भनाइ छ।  स्थानीय रामा दाहालले विमानस्थालको नाममा रहेको सरकारी जग्गा अतिक्रमण पर्दा पनि स्थानीय सरकार मौन बसेको आरोप लगाएकी छिन। ‘नगरपालिका प्रमुख र वडा अध्यक्षलाई जानकारी दिदाँ पनि वेवास्ता गरेको देख्छु,’ उनले भनिन, ‘कस्ले बनाएका हुन घर टहरा थाहा छैन, सवै नयाँ मान्छे आएर घर टहरा निर्माण गरेका छन, कोही पुराना पनि छन।’ तत्कालिन २०३१ सालतिर विमास्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामाकरण भएको चौरीमा अहिले थारुहत रंगशाला निर्माण भएको छ । बजार विस्तार हुँदै गएपछि उत्तरपट्टीको भागमा त्यही चौरमा तरकारी बजार छ भने पुर्व भागमा मदन भण्डारी अतिथि सदन भवन भन्दै छ । त्यही अतिथि सदन भवनको अगाडीको भागमा रहेको जग्गा अतिक्रणमा भएको स्थानीयको आरोप छ। ‘पहिला देखिनै भोगचलन हुँदै आएको भन्दै सरकारी जग्गामा अहिले घर टहरा निर्माण भएको हो।’ अर्का स्थानीय वान्दुप्रसाद चौधरीले भने, ‘चौधरी समुदायलेनै भोगचलन गर्दै आएकाले उनिहरुलेनै उनिहरुकै जग्गामा घर टहारा निर्माण गरेका हुन।’ विमान स्थाल बनाउने भन्दै विमानस्थालको नाममा रहेको १४ विगाहा १६ कठ्ठा १६ धुर जग्गामा अहिले तरकारी बजार, थारुहट रंगशाला निर्माण भइसकेको छ भने मदन भण्डारी अतिथि सदनको निर्माण कार्य जारी छ। विमान स्थालको नाममा रहेको सरकारी जग्गा स्थानीयको कब्जामा परेपछि विमान स्थाल बनाउन अन्यत्र सारिएको थियो। नेपाल सरकारको नाममा रहेको जग्गा अहिले अतिक्रण्माको चपेटा परेर खुम्चिदै गएको छ। त्रियुगा नगरपालिका १३ वडा अध्यक्ष पशुपति चौधरीको नीजि सम्पर्क नम्वरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसैगरी ११ नम्वर वडाका वडा अध्यक्ष विश्वराज भट्टराईले सरकारी जग्गा अतिक्रमणमा परेको जानकारी आएको बताए। ‘नेपाल सरकारको नाममा रहेको छ, त्यो जग्गा,’ उनले भने, ‘मेरो क्षेत्रमा पर्दैन, तर अतिक्रमण गरी घर टहरा निर्माण भएको छ भन्ने सुनेको छु।’ भट्टराईले नगर कार्यापालिकाको बैठक बसेपछि के गर्ने भन्ने हुन्छ। नेपाल सरकारको नाममा रहेको जग्गा संरक्षण नगरपालिको गर्छ,  उनले भने। यता त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले त्रियुगा नगर क्षेत्र भित्र पर्ने ऐलानी, सरकारी तथा अव्यवस्थित बसोबास गर्नेलाई व्यवस्थित बनाउन छुट्टै नगर स्तरीय आयोग बनाउन लागेको जानकारी दिए। ‘त्यो एरपोर्टको नाममा रहेको सरकारी जग्गा हो,’ त्रियुगा नगरप्रमुख चौधरीले भने, ‘त्यस क्षेत्रमा ४३ घर छन, ती ४३ घरले जग्गा नदिएको भए रंगशाला, अतिति सदन भवन र तरकारी बजार पनि त्यहाँ हुने थिएन।’  प्रमुख चौधरीले नगरपालिकाको सवैलाई व्यस्थित गर्ने ऐन नबनाउँदा समस्या भएको बताए। ‘त्यो जग्गा पनि संरक्षणा गर्ने जिम्मा नगरपालिकाको हो, नगरपालिकाकाले आयोग बनाउने छ, छिट्टै त्यो लगायत, भुमिहिन, सुकुम्बासी, अव्यस्थित बसोबासा गर्नेहरुको जुन समस्या त्यो समाधान गछौ, प्रमुख चौधरीले भने। थाहा खवर डटकमबाट साभार गरिएको हो ।

हेर्नुहाेस फाेटाेमा पनि कसरी बने घर टहरा

140 पटक हेरिएकाे
Top