तोकियो प्रदेशको अस्थाइ केन्द्र र प्रमुख

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | Big News, राजनीति

 

काठमाडौ, माघ १

प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ । मन्त्रिपरिषद् बैठकमा सामेल कानुनमन्त्री यज्ञबहादुर थापाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ । साथै मन्त्रिपरिषाद बैठकले प्रदेश प्रमुखहरुको पनि नाम सिफारिस गरेको छ।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् ।

82 पटक हेरिएकाे
Top