विपन्न परिवारलाई कम्बल वितरण

E Naya Khabar Reporter २०७४ माघ ३ गते बुधवार | Big News, मुख्य समाचार

 

गाईघाट, माघ ३

चिसो वढ्न थालेपछि उदयपुरका स्थानीय तहले कम्वल वितरण गर्न थालेकाछन् । केहि दिन बढ्ेको अत्याधिक चिसोले गरिव तथा दलित परिवारमा समस्या परेको भन्दै स्थानीय तह मातहतमा रहेका वडा कार्यालयहरुले कम्वल वितरण गर्न थालेका हुन् ।

त्रियुगा नगरपालिकाको वडानं ४ को कार्यालयले मंगलबार वगाहाका अति गरिव तथा विपन्न १० घर दलित परिवारलाई उनीको बाक्लो कम्बल वितरण गरेको हो । यसअघि वडानं २ र १२ ले कम्वल वितरण गरिसकेकाछन् भने अन्य वडामा क्रमश अबश्था हेरी वितरण गरिने जनाइएको छ । ४ नम्बर वडा कार्यालय सालघारीमा आयोजित एक कार्यक्रममा वडाअध्यक्ष सुवास निरौलाले तिलकवहादुर परियार, मिठि परियार, चन्द्रवहादुर परियार, धनवहादुर परियार, सार्के विक, नरसिंह परियार, पुरन मुसहर, बुधे परियार, विमा परियार र धनदेवी सुयललाई प्रति गोटा करिव तीन हजार मूल्य पर्ने १० थान कम्बल वितरण गरेका हुन् ।

पुस माघको ठण्डिमा विपन्न परिवारका स—साना बाबालिकाहरु राम्रो ओड्ने कपडाको अभावमा जाडोले काम्दै रातभर रुने कराउने गरेकाले विजोग देखेर वडा कार्यालयको तर्फबाट १० थान बाक्लो कम्बल वितरण गरेको वडाध्यक्ष निरौलाले बताए । उनले भौतिक विकास गर्ने मात्र काम नभएर मानवीय उद्धार र राहतका काम गर्नुपनि वडा कार्यालयको दायित्व भित्र पर्ने भएकोले यो काम गरीएको बताए ।

सोहि अवसरमा टोल विकास समितिका अध्यक्षसमेत रहेकी धनदेवि सयलले आपूmले पाएको कम्बल आपूmभन्दा पनि गरिव रहेका आप्mना छिमेकि तोयानाथ धमलालाई तत्काल हस्तान्तरण गरिन । क्याप्सन ः गरिव तथा विपन्न दलित परिवारलाई उनीको कम्बल वितरण गर्दै उदयपुरको त्रियुगा नगरपालिका ४ नं वडाका वडाअध्यक्ष सुवास निरौला

71 पटक हेरिएकाे
Top