विपन्न तथा मुसहर समुदायलाई न्यानो कपडा वितरण

E Naya Khabar Reporter २०७४ पुस २७ गते बिहीवार | Big News, मुख्य समाचार

 

उदयपुर, पुस २७

उदयपुरमा अत्याधिक जाडोले कठयाङग्रीका विपन्न तथा गरिब परिवारलाई विपत व्यवस्थापन कोषबाट न्यानो कपडा बितरण गरेको छ । त्रियुगा नगरपालिको वडा नम्बर २ जोगिदहले वडास्तरीय कार्यक्रमबाट विपन्न तथा गरिब ५० घर परिवारलाई ब्याङकेट वितरण गरेको छ ।

शितलहर बढेसंगै अति बिपन्न मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिंह खत्री (ध्रुव)ले बताए । केही दिन यता भित्री मधेसमा पर्ने उदयपुरमा पनि अत्यधिक चिसो र शीतलहर बढेपछि मुसहर समुदायको दैनिक कष्कर बन्दै गएकाले न्यानो कपडा वितरण गरिएको वडा सदस्य श्याम नारायण चौधरीले बताए ।

जाडोका कारण धानको परालमा बेरिएर सुत्ने, पत्करको ओछ्यान बनाएर सुत्ने गरेको उनीहरुलाई न्यानो कपडाले केही राहत हुने रोकाको भनाइ रहेको छ । वडा कार्यालयले गलिया सदा, दुखनी सदा, सारो सदा, सुर्जा सदा, मुर्ति सदा, सुर्जि सदा, उमेश सदा, सैनी सदा, नरबहादुर सार्की, धनकुमारी सार्की, निरबहादुर सुयाल, कनकबहादुर सार्की, गंगामाया परिवार, कल्पना परियार, मिनाकुमारी दर्जि, गोपाल सार्की, कुमारी सार्की, हर्कमाया परियार, राजु बिशंखे लगायतका विपन्न परिवार रहेको वडाध्यक्ष खत्रीले बताए ।

बाढी पीडित र हात्ती पीडितलाई पनि राहत वितरण

त्रियुगा नगरपालिका २ नं. वडा कार्यालयले विपद ब्यवस्थापन कोषबाट बाढी पिडित तथा हात्ती पिडितलाई समेत राहत वितरण गरेको छ । बाढी पिडितहरुमा हरी गौतम, ताराकान्त लम्साल, कुसुमलाल चौधरी, रमानन्द चौधरी, हेरानीदेवी चौधरी, दिलबहादुर बस्नेत, नोखबहादुर बस्नेत, बलराम उप्रेती र हात्तीले घर भत्काएका दिला राईलाई एक कार्यक्रम गरि नगद राहत बितरण गरिएको बताए ।

राहत वितरण कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य महेश रोका, नगर विकास समिति अध्यक्ष रुद्र अधिकारी र जेष्ठ नागरिक नेखेला चौधरीले वितरण गरेको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष घमानसिंह खत्रीले गरेको थियो ।

111 पटक हेरिएकाे
Top