एमाले माओवादी एकताको आज ३ वजे बैठक बस्दै

E Naya Khabar Reporter २०७४ पुस २५ गते मंगलवार | Big News, राजनीति

 

उदयपुर, पुस २५,

पार्टी एकताबारे छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा दिउँसो ३ बजे बैठक तय गरिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । लामो प्रतिक्षापछि बस्न लागेको यो बैठकमा एकता प्रक्रिया बारेमा छलफल हुनेछ ।

यो छलफलपछि एकताका लागि न्युनतम मापदण्ड र सहमति बनाएर बनाएर अघि बढ्ने नेताहरुको तयारी छ । यद्यपी मंगलवारको बैठकको एकमात्र एजेण्डा बैचारिक राजनीतिक र सांगठानिक संरचना कस्तो बनाउने भन्ने छ ।  यसअघि आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

उक्त छलफलमा सोमबार दुवै दलले आन्तरिक छलफल गर्ने र मंगलवार पार्टी एकता संयोजन समितिको वैठक बस्ने तय भएको थियो । पछिल्लो समय पार्टी एकताबारे बाहिर आएका सन्दर्भ तथा एकता प्रक्रियाबारे बैठकमा छलफल गरिने अधिकारीले बताए ।

पार्टी एकताबारे नेताहरुले बोल्दा विवाद भएको भन्दै एकताबारे कुनै कुरा नबोल्न सोमबार एमालेले प्रस्ताव समेत पारित गरेको छ ।  एमाले स्थायी समिति बैठकले एकीकरणका सम्बन्धमा सार्वजनिक रूपमा कुनै पोजिसन, अडान या सर्त तेर्स्याउने कुराले एकता प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने भन्दै एकताबारे नबोल्न निर्देशन दिएको हो ।

106 पटक हेरिएकाे
Top