प्रहरी हिरासतमा भएकाले हेर्न पाउने भए टेलिभिजन

E Naya Khabar Reporter २०७४ पुस २४ गते सोमवार | Big News, र्इखबर

 

उदयपुर, पुस २४

उदयपुरमा प्रहरी हिरासतमा रहेकाले टेलिभिजन हेर्न पाउने भएका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतका लागि गाईघाटका स्थानीय समाजसेवी ज्ञानेन्द्र वान्तवाले सोमबार टिभि सहयोग गरेपछि हेर्न पाउने भएका हुन ।

विभिन्न अपराधिक क्रियाकलाप संलग्न रहेको आरोपमा पक्राउ परेर अनुसन्धानको लागि हिरासतमा रहेकाले त्यतिकै समय व्यतित गर्नुभन्दा टेलिभिजनका कार्यक्रममार्फत सचेतना जगाउने उद्देश्यका साथ टिभि प्रदान गरेको वान्तवाले बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलको उपस्थितिमा समाजसेवी वान्तवाले जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टलाई टिभि हस्तान्तरण गरेका थिए । समयानुकुल प्रहरी÷प्रशासन मानव अधिकारमैत्रीका साथै बाटो विराएकाहरुलाई सकारात्मक बाटो र परिवर्तनतर्फ उन्मुख गराउने निकाय भएको प्रजिअ कँडेलले बताउनुभयो । एसपी भट्टले समाजसेवी वान्तवाको सहयोगलाई धन्यवाद ज्ञापन गरे ।

82 पटक हेरिएकाे
Top