के लालुप्रसादलाई आजिवन जेल सजाय हुन्छ ?

E Naya Khabar Reporter २०७४ पुस २२ गते शनिवार | Big News, अन्तराष्ट्रिय

 

एजेन्सी पुस २२

विहारको मुख्य मन्त्रि तथा आरजेडिका प्रमुख लालुप्रसाद यादवलाई देवघर चारो घोटला काण्डको मामलामा विहिवार सजाय सुनाउन सकेन । भारतीय सञ्चार माध्यमाका अनुसार उनलाई पहिले नै सो काण्डको दोषि प्रमाणित गरिएको थियो ।

लालुलाई शनिवार रांचीको विशेष कोर्टले दिउसो सजाय सुनाएको थियो ।

के हो चारो घोटला काण्ड  ?

सन १९९०– १९४० को बीचमा देवघर कोषवाट पशु चारोको नाममा अवैध रुपमा ८९ लाख २७ हजार खर्च गरेको आरोप छ । त्यो समय लालुप्रसाद विहारका मुख्य मन्त्री थिए । यद्दपी यो चारो घोटला काण्ड ९५० करोडक त्यसमध्ये एउटा देबघर कोषसँग मात्र जोडिएको छ । यस काण्डमा ३८ जना आरोपीत छन ।

सिबीआइले २७ अक्टुबर १९९७ मा मुद्दा दर्ता गरेको थियो । २० वर्ष पछि यो काण्डमा फैसला आउन लागेको हो । यो भन्दा अगाडि चाइबासा कोषवाट ३७ करोड ७० लाख अबैध रुपमा खर्च गरेको चारो घोटला काण्डका सबै आरोपीहरुलाई कार्वाही भएको थियो । यस वर्ष के होला सवैको चासो केन्द्रित भएको छ ।

के छ भातरीय कानुमा दोषी ठहरिए हुने कारवही ?

लालुका वकील चितरंजनप्रसादका अनुसार यो काण्डमा दोषी ठहरिए अधिकतम ७ वर्षमा , न्यूनतम १ वर्ष कैद सजाय हुनेछ । सिबीआइका अधिकारीहरुको अनुसार यो काण्डमा जालसाजी को धारा ४०९ अनुसार १० वर्ष र धारा ४६७ अनुसार आजीवन कारावासको सजाय हुन्छ ।

जेलमा शुद पानी छैन 

लालुको वकीलले भनेका छन बिरसा मुंडा जेलमा इन्फेक्सनको डर छ यसले उनको स्वास्थ्य अवस्था अनुसार कम सजाय सुनाइयोस । वकीलले भनेका छन्, जेलमा शुद्ध पानी छैन यसले लालुको किडनीमा असर पर्न सक्दछ ।

यसको अलावा वकिलले तर्क गरेका छन् अर्का अभियुक्त जग्गनाथ मिश्रलाई पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन् । यसकारण पनि उनलाई सजाय कम हुनुपर्छ । वकीलले तर्क गरेका छन्  यसकारण पनि जेल सजाय कम हुनुपर्छ । वकीलले थप तर्क गरेका छन् कि जुन प्रमाण पेश गरिएको छ ती सबै मौखिक छन् ।

777 पटक हेरिएकाे
Top