गाईघाटमा प्रदेश स्तरीय घरेलु औधौगिक महोत्सव सुरु (फोटाे फिचर सहित)

E Naya Khabar Reporter २०७४ पुस २१ गते शुक्रवार | Big News, फाेटाे ग्यालरी

 

उदयपुर पुस २१ 

गाईघाटमा एक नम्वर प्रदेशस्तरीय औद्योगिक महोत्सव सूरु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेश स्तरीय प्रथम उदयपुर घरेलु औधौगिक महोत्सव सुरु भएको हो ।

साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजना तथा जिल्लाका ८ वटै स्थानीय तह, विज्ञान तथा प्रविधि मन्त्रालय, पर्यटन वोर्ड, उदयपुर सिमेण्ट उद्योग, घरेलु तथा साना उद्योग बिकास समिति र जिल्ला उद्यमी संघको सहयोगमा महोत्वस सुरु गरिएको आयोजकले जानकारी दिएको छ । पुस २९ गतेसम्म लाग्ने महोत्सवमा स्थानीय घेरेलु उत्पादित वस्तु ढाका, टोपी, राडी, हस्तकला, जडिवुटी, कृषि औजार, सिन्का, अगरवत्ति, मैनवत्ति, डोका, नाम्लो, दाम्लो, टपरी, दालमोठ भुजिया लगायतका सामग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

महोत्सवका मुख्य आकर्षककोरुपमा थारु परिकार घुगी, मनोरञ्जन सामग्री र स्थानीय कला सस्कृँति रहेकाछन् । ९ दिनसम्म लाग्ने महोत्सवमा लघु तथा घरेलु उद्योगसँग सम्बन्धीत सामग्रीहरु १ सय ५० वटा स्टलमा राखिने मुल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मधुकर थापाले जानकारी दिए ।

उनले प्रर्दशनी, व्यापारसँगै विशेषगरी आगामी दिनमा यस्ता सामग्रीले वजार पाउनु भन्ने उदेश्य राखिएको छ । जिल्लामा उत्पादित बस्तुको वजारीकरण नभएको अबश्थामा यो महोत्सवले वजारिकरणतर्फ पनि ध्यान दिने आयोजकको लक्ष्य रहेको छ ।

महोत्वसको उद्घाटन केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले गरे । उद्घाटन समारोहमा स्थानीय जातिय परम्परा तथा भेषभुषाले सजियका झाँकीहरु प्रर्दशन गरिएको थियो । ‘आफ्नो मेहनत, श्रम र पुँजी, समृद्ध नेपाल, हाम्रो धन, हाम्रो पकृति, श्रोत र साधन, औधोगिक विकास हाम्रो अभियान’ भन्ने मुनाराकासाथ आयोजित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवलाई थप आकर्षित बनाउने जनाइएको छ ।

फोटो फिचार 

 

174 पटक हेरिएकाे
Top