वन अतिक्रमण नियन्त्रण गर्न सरोकारवालाहरुको जोड

E Naya Khabar Reporter २०७४ पुस २१ गते शुक्रवार | Big News, मुख्य समाचार

 

गाईघाट पुस २१
वन पैदावार चोरी नियन्त्रण र वन क्षेत्र अतिक्रमण रोक्नको लागि सरोकारवालाहरुरले जोड दिएका छन ।
जिल्ला वन कार्यलय उदयपुरद्धारा आयोजित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक कार्याक्रमको सार्वजनिक कार्यक्रमका सहभागिहरुले उक्त कुरा राखेका हुन ।
संगम सामुदायिक पुस्तकालयको हलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सामुदायिक वन समूह महासंघका कार्यवाहक अध्यक्ष कुशलबाबु बस्नेतले जंगलमा खेर जाने दाउराहरु संकलन गरेर सुलभ दरमा सर्वसाधरणलाई वितरण गर्नु पर्ने बताए । ‘हाम्रोमा प्रथम श्रेणीका अधिकृत हुनुहन्छ, उहाँले केही नीतिगत व्यवस्था गर्नु भयो भने हामीले यो चिसोको मौसममा सर्वसाधरण र अकालमा मृत्यु भएकाहरुलाई जलाउन खेर जाने दाउरा काम लाग्थ्यो ।’ कार्यवाहक अध्यक्ष बस्नेतले भने ‘केही सुलभ मूल्यमा असायहरुलाई दाउरा उपलब्ध गराउन सकियो भने जनतालाई सहज हुन्छ ।’ सामुदायिक वन उपभोक्ता महासंघले वन कार्यलयसगँ समन्वय गरेका कार्यहरुको बारेमा वार्षिक कार्यक्रममा समावेस नगरिएकोमा बस्नेतले गुनासो गरे । सामुदायिक वनले गरेका राम्रा कार्यहरु समेत प्रतिवेदनमा उल्लेख नगरेकोमा सामुदायिक वन महासंघले सुधार गर्न सुझाव दिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भरत खड्काले काठको बजार मूल्य नियन्त्रण गर्न आग्रह गरे । ‘५–६ सय क्यूविफिटको दरमा समूहबाट ठेकेदारले किन्ने र त्यही काठ मिलबाट प्रति क्यिू फिट पाँच हजार तिर्नु पर्ने बाध्यता छ ।’ अध्यक्ष खड्काले भने ‘काठको बजार मूल्य नियन्त्रण गर्ने सरकारी संयन्त्र प्रभावकारी बनाउनु पर्छ ।’ आपूर्ती समितिबाट वितरण हुने काठको वितरण सहज बनाउनु पर्ने खड्काले बताए । कार्यक्रमका सहभागिहरुले वन पैदावार चोरी नियन्त्रण गर्न र अतिक्रमण रोक्न वन कार्यालयले प्रभावकारी नेतृत्व लिनु पर्नेमा जोड दिएका थिए । त्रियुगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विश्वराज भट्टराई जिल्ला वन कार्यालय सँग स्थानीय सरकार सहकार्य गरेर जान तयार रहेको बताए । त्रियुगा नगरक्षेत्रका सामुदायिक वन र राष्ट्रिय वनको संरक्षण गर्न स्थानीय तहको कार्यक्षेत्रमा पर्ने हुनाले वनका कार्यक्रमहरुमा स्थानीय तहको सहभागिता सुनिश्चित गर्नु पर्नेमा जोड दिए । वन अतिक्रमण भएको क्षेत्र खाली गर्नको लागि स्थानीय तह र राजनैतिक दलसँग सहकार्य गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । बर्षेनी हुने बृक्षारोपणलाई संरक्षण गर्ने कार्यक्रम समावेस गर्न वन कार्यालयलाई सुझाव दिइएको थियो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघका अध्यक्ष महेश्वरी राईले वनले बार्षिक रुपमा यस्ता कार्यक्रम गरेर सुशासन प्रबद्र्धनमा सहयोग पुर्याएको बताईन । उनीले भनिन ‘वन कार्यालयको सिको गरेर अन्य कार्यालयले पनि वार्षिक कार्यक्रमको सार्वजनिकीकरण र सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम गर्नु पर्छ ।’
वन कार्यालयका बरिष्ठ बन अधिकृत बासुदेव झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय वन विकास कार्यक्रममा २ करोड ३० लाख, राष्ट्रपती चुरे तराई मधेश संरक्षण विकास समितिको ७५ लाख, नेपाल व्यापार एकीकृत रणनीति (वन कार्यक्रम) को ४४ लाख र बृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रमको करिव १३ लाखको कार्यक्रम सार्वजनिक गरेका थिए ।

सहायक वन अधिकृत गौरव भट्टको सहजिकरणमा भएको कार्यक्रममा एमालेका पार्टी सचिव प्रमेश्वर घिमिरे, पत्रकार तुलसी कोईराला, फोरमका केन्द्रीय सदस्य रामप्रसाद रिजाल, गैससकर्मी राजु तुलाधर लगायतले सुझाव दिएका थिए । यसैक्रममा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले संगम पुस्ताकालयमा पुस्तक हस्तान्तरण गरेका थिए ।

 

115 पटक हेरिएकाे
Top