यातयात कार्यालयका जड्याँ हाकिम प्रहरी खोरमा

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | Big News, मुख्य समाचार

 

उदयपुर, पुस २०

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेल सहितको टोली विहिबार दिउसो १ बजे गाईघाट बजार स्थित यातयात सेवा कार्यालय गाईघाट पुगे । प्रहरी प्रमुख एसपी सहितको टोली लिएर सिडियो कडेल यातायात कार्यालय पुग्दा कार्यालय भने सुनसान थियो ।

यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिव कुमार तिम्सिना कार्यालय समयमा नै मादक पद्धार्थ सेवन गरेर आउने, कार्यालयको काम काज नगर्ने गुनासो बढेपछि सिडियो कार्यालयले छड्के जाँच गरेको हो ।  सिडियो आउने पूर्वसूचना पाएपछि कार्यालय प्रमुख तिम्सना कार्यालयबाट बाहिरी सकेका थिए । तिम्सिनालाई खोज्न गाईघाट बजारका सबै होटलमा प्रहरी पठाईयो तर फेला परेनन । अन्तमा रक्सी खाएर मातेको अवस्थामा प्रहरीले फेला पा¥यो ।

अनुमगनको पुर्व सुचना पाएर फरार भएका यातयातका प्रमुख तिम्सिना गाईघाट गैरुनको घरबाट पक्राउ परेको प्रमुख जिल्ला अधिकारी कडेलले बताए । ‘यातयात कार्यालयबाट निमित्त प्रमुख रहेका तिम्सिनाले मादक पर्दाथ सेवन गरी कार्यालय बस्ने गरेको दैनिक गुनासो आउन थाल्यो,’ उनले भने, ‘छड्ने अनुगमनमा समेत नभेटेपछि हामीले उनलाई घर प्रहरी लगाएर पक्राउ गरेका हौ ।

पिएनको तलवले पनि रक्सी खाइदिने हाकिम

अनुगमनको वेला प्रमुख जिल्ला अधिकारी कडेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपाउनेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने,  जताततै पिसाव पर्ने, महिलाहरुलाई अभद्र व्याहार गर्ने, अश्लिल शब्द बोल्ने गरेको गुनासो गरेकी थिईन ।  यसैगरी प्रजिअ कडेललाई नै कार्यालयकी सहयोगी पुर्णिमा मगरले आप्mनो तलव समेत खाइदिने गरेको गुनासो गरेकी छिन । ‘मैले पाउने मासिक पाउने ८ हजारमा ३ हजार कार्यालय निमित्त प्रमुख शिव सरलाई बुझाउने गरेको छु,’ उनले भनिन, ‘मैले ८ हजार पाउने भनेर कागज गरेको थिए, पछि ५ हजार मात्र दिदै आए, ३ हजार उहाँलेनै खाइदिनु भयो ।’ ‘कार्यालयमा आएका सेवाग्राहीसँग पैसा लिने गरेको गुनासो समेत आएको छ ।’

प्रमुख जिल्ला अधिकारी कडेलले भने, ‘विभागीय कारवाहीको लागि तयारी गरिरहेको छु, तत्काल नयाँ कार्यालय प्रमुख पठाउन यातयात मन्त्रालयलाई पत्राचार गरेको छु ।’

८ जनाको दरबन्दी भएपनि ३ जनाको भरमा

कार्यालय गएको २०७२ साउन देखि कार्यालय संचालनमा आएको कार्यालयमा ८ जनाको दरबन्दी छ । तर, कार्यालय ३ जनाको भरमा सञ्चालन हुँदै आएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

स्थापना भएदेखिनै कार्यालय प्रमुख नहुँदा पक्राउ परेका निमित्त प्रमुख तिम्सिनाले सञ्चालन गर्दै आएका थिए । कार्यालयमा प्रमुख १, नायवसुब्बा २, मेकानिकल सुपरभाईजर १, सहायक लेखापाल १, खरिदार १ र कार्यालय सहयोगी २ गरी जम्मा ८ जना सरकारी कर्मचारीको दरबन्दी छ । कार्यालयमा ८ जनाको भएपनि हाल पक्राउ परेका निमित्त प्रमुख सहित खरिदार लक्ष्मी न्यौपाने र कार्यलय सहयोगी मगर मात्र छन । कार्यालय प्रमुखमा शाखा अधिकृत हुने दरबन्दी भएपनि नायव सुब्बा शिव तिम्सिनाको भरमा थियो ।

कार्यालयबाट सवारी साधन नविकरण, सवारी चालक अनुमतिपत्र नविकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लघन गर्नेलाई जरिवाना गर्ने लगायतका कार्य सम्पादन हुनु पर्ने हो । मधेस आन्दोलनको वेला सिराहाको लहान स्थित सगरमाथा अंचल यातायात कार्यालय बन्द हुन थालेपछि उदयपुरका सेवाग्राहीहरुले सेवा कार्यालय संचालन गर्न सरकार सगँ माग गरेका थिए ।

०७२ साउन ५ गते तत्कालिन नेपाल सरकारको मन्त्रीपरिषदबाट गाईघाटमा कार्यालय स्थापना गर्ने निर्णय अनुसार साउन २२ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रलाय, यातयात व्यवस्थापन विभागबाट स्विकृत भई कार्यालय सञ्चालनमा आएको थियो । उदयपुरे सेवाग्राहीलाई कार्यालय आयो सेवा आएन ।

109 पटक हेरिएकाे
Top