रिस्कूको क्रसर तत्काल रोक्न सिडिओको आदेश

E Naya Khabar Reporter २०७४ पुस २० गते बिहीवार | Big News, मुख्य समाचार

 

रिस्कु पुस २०

कटारी नगरपालिको रिस्कूमा संञ्चालित अवैध क्रसर उद्योग संञ्चालन नगर्न निर्देशन दिईएको छ । नदीजन्य पदार्थको अनुगमन गर्न गएको प्रशासनको संयुक्त टोलीले क्रसर उद्योग संञ्चालन नगर्न निर्देशन दिएको हो ।

मंगलबार ईलाका प्रशासन कार्यालय कटारी , ईलाका प्रहरी कार्यालय कटारी र शसस्त्र प्रहरी वेश क्याम्प कटारीको संयुक्त टोलीले क्रसरको अनुगमन गर्दा सम्बन्धित निकायको आवश्यक ईजाजत पत्र नभेटिएपछि क्रसर संञ्चालन नगर्न निर्देशन दिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले बताए । गाईघाटका राजेश कार्की संञ्चालक रहेको उक्त क्रसर उद्योग गएको मंसिर २९ देखि संञ्चालनमा आएको पाईएको पनि डिएसपी अधिकारीले बताए ।       धरान , चतरा, गाईघाट , कटारी लोकमार्गका सडक निर्माण लगायत स्थानिय सडकहरु निर्माण कम्पनी तथा निर्माण समितिहरु सम्झौता गरेर क्रसर संञ्चालनमा ल्याईएको पाईएको पनि अनुगमन टोलीले जानएको छ ।

आवश्यक प्रकृया पुराएमात्रै संञ्चालन गर्न दिईने पनि टोलीले जनाएको छ । यस क्षेत्रको नदीजन्य पदार्थको उत्खनन्को अनुगमन गर्न निर्देशन दिए बमोजिम अनुगमन गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । जिल्लामा रहेका नदीजन्य पदार्थको अनुगमनका विषयमा सुरक्षा निकायको बैठक समेत बसेको उदयपुरका जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए ।

121 पटक हेरिएकाे
Top