रौतामाई गापा २ भुट्टार पहिलो सफा र स्वच्छ वडा घोषित (फोटो फिरचर सहित)

E Naya Khabar Reporter २०७४ पुस १८ गते मंगलवार | Big News, फाेटाे ग्यालरी

 

गाईघाट, पुस १८
निकै ठुलो तामझामकासाथ सोमबार उदयपुरको रौतामाई गाउँपालिकाको वार्डनं २ भुट्टारलाई जिल्लाकै पहिलो पूर्ण सरसफाइ वार्ड घोषणा गरिएको छ । यससँगै भुट्टार प्रदेशनं १ अन्र्तगतको दोस्रो पुर्ण सरसफाइ वार्ड घोषित भएको हो ।
पूर्ण सरसफाइका लागि तयार पारिएका सबै सुचक पुरा गरेकाले भुट्टारालई प्रतिनिधिसभा २ का सांसद एवंम नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य शुरेसकुमार राई (हिमाल)ले औपचारिकरुपमा सरसफाइ वार्ड घोषणा गरेका हुन् ।
सन् २०३० सम्ममा पुर्ण सरसफाइ नेपाल घोषणा गरिसक्ने सरकारको लक्ष्यअनुरुप भुट्टारलाई जिल्लाकै पहिलो पुर्ण सरफाइ वार्ड घोषणा गरिएको हो । हालको वार्डनं २ भुट्टार संघिय संरचना बन्नु अघि भुट्टार गाबिस थियो । संरचना बन्नु अघि नै घोषणा गर्ने गरी ग्रामिण खोनपानी तथा सरसफाइ कोष विकास समिति (फनवोर्ड)को सहयोग र डिवाससिसीको समन्वय तथा शान्ति समाज केन्द्र पेसोकको सहजिकरणमा यो अभियान सुरु भएको हो ।
‘सरसफाइको क्षेत्रमा विगतमा नै जिल्लाकै अव्वल गाबिस र पहिलो बनाउने गरी हामीले निकै अघि अभियान सुरु गरेका थियौ,’ वार्ड अध्यक्ष खविन्द्र रास्कोटीले भने, ‘जनताको खानेपानीमा पहुँच पुर्याउने कार्य र अन्य केहि प्राविधिककारणले विचमा केहि ढिलाई हुँदा अभियानसमेत ढिला हुन गयो ।’
पुर्ण सरसफाइ क्षेत्र घोषणा गर्न न्युनतम मापदण्डहरु योजना तर्जुमा तथा व्यवस्थापन, चर्पिको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमो पहँुच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घर्यासी एवंम संस्थागत सरसफाइ, वातवरणीय सरसफाइ गरी ७ वटा सुचक पार गर्नु पर्ने हुन्छ ।
तोकिएका सुचकअनुसार प्रत्येक घरमा प्रयोगकर्ता मैत्री गुणस्तरीय चर्पि निमार्ण र सावुन पानीको व्यवस्था, नेपाल गुणस्तर मापदण्ड अनुसारको पीउने पानीमा सबैको पहुँच, चौकमा सार्वजानिक शौचालय, घोषित क्षेत्र सरसफाइ र वातावरण मैत्री, खुल्लारुपले कसैलाई पनि दिशापिसाव गर्न दिन नहुने लगायतका मापदण्डहरु पुरा गर्नु पर्ने खानेपानी तथा सरफाइ डिभिजन कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताए । उनले सबै सुचक पुरा गरिसकेकाले घोषणा गरिएको बताए ।
वार्डभरी ५ सय ६९ घरधुरी रहेकाछन् । भुट्टारको रसुवा माध्यामिक विद्यालयमा एक समारोहका विच वार्डलाई पूर्ण सरफाइ घोषणा गरिएको हो । घोषणासभामा पञ्चेवाजासहितले गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, उपाध्यक्ष कुमारी राना ज्यु ठकुरी, वार्डअध्यक्ष खविन्द्र रास्कोटी लगायतका स्थानयीले प्रमुख अतिथि सांसद राई र विशिष्ट अतिथि सोही क्षेत्रका प्रदेश १ का सांसद तथा नेकपा माओबादी केन्द्रका जिल्ला सहइन्र्चाज नारायण बुर्जामगर, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई लगायतलाई स्वागत गरेका थिए ।
झण्डै २ किलोमिटर वरबाट अतिथिहरुलाई गाडीबाट ओराली स्थानीयले शुभविवाहको झल्को दिने गरी पञ्चेवाजा वजाउँदै हिडाएर कार्यक्रम स्थल पुर्याएका थिए । २० मिनेटको हिडाई पछि कार्यक्रम स्थल पुगेका सांसदहरुले प्रतिवद्धता पत्रको व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा सांसद शुरेर राईले गाउँ, बस्तिसँगै व्यक्ति सफा भए मात्र राष्ट्र सफा हुने बताए । उनले जवसम्म व्यक्तिका कामकारवाही सफा हुँदैन तवसम्म राष्ट्र सफा नहुने भन्दै सफा दिलले काम गर्न सबैलाई आग्रह गरे । राईले शिक्षा क्षेत्रको आमुल परिवर्तनबाट मात्रै देश विकास सम्भव भएकाले ३० प्रतिशत सैद्धान्तिक र वाँकी ७० प्रतिशत व्यवहारिकत तथा प्राविधिक शिक्षाको व्यवस्थामा अब बन्ने वाम सरकाले नीति लिने बताए ।
उनले कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकता हुँदै औधोगिककरणमार्फत समृद्ध देश बनाउने अभियानमा गठबन्धन सरकार लागि पर्ने बताए । राईले स्थानीय, प्रदेश र केन्द्रिय सरकारको समन्व्यमा विकास निर्माणलाई अघि बढाईने बताए ।
त्यसैगरी प्रदेश सांसद मगरले जनताको चाहाना र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफु निर्वाचित भएको क्षेत्र भौगोलिकरुपमा पनि असाध्यै विकट क्षेत्र भएकाले विकटतालाई सहजतामा परिणत गर्ने बताए ।
आफ्नो क्षेत्रलाई समृद्धीको आधार बनाउन कुनै कसुर बाँकी नरहने भन्दै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र विकास निर्माण आफ्नो पहिलो प्राथामिकता रहेको बताए । आगामी ५ बर्ष भित्र आफ्नो कार्यक्षेत्र भित्र सडक सञ्जाल बिस्तार, स्तरोन्नती गर्दै पक्की बनाउनेसमेत उदघोष गरे । साथै ५ बर्षे कार्यकालमा सबै गाउँपालिकामा विशेषज्ञसहितको ५० सैयाको अस्पताल, सबै वार्डमा स्वास्थ्यचौकी स्थापना गर्ने बताए ।
‘हाम्रो समृद्धिको आधार, पूर्ण सरसफाइ उन्मुख भुट्टार’ भन्ने मुलनाराकासाथ सबैको र सधैका लागि पूर्ण सरसफाइ भन्ने नेपाल सरकारको लक्ष्यअनुरुप भुट्टारमा यो अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
कार्यक्रममा अन्य अतिथिहरुले निरन्तरताका लागि जोड दिएका थिए । कार्यक्रममा स्थानीय बालबालिका समुह र जिल्ला स्तरका कलाकारहरुले साँस्कृतिक कला प्रर्दशनसमेत गरेका थिए ।
फोटोमा

 

105 पटक हेरिएकाे
Top