मारुती र कसमस सिमेन्ट उद्योगको ओभरलोड बोक्ने ट्रिपरलाई कार्वाही प्रक्रिया शुरु

E Naya Khabar Reporter २०७४ पुस १६ गते आइतवार | Big News, मुख्य समाचार

 

कटारी, पुस १६

सिद्धिचरण राजमार्ग अन्तर्गग मिर्चैया–कटारी सडक खण्डमा ओभरलोड चुनढुंगा बोक्ने ट्रिपरलाई कार्वाही थालिएको छ । ईलाका प्रहरी कार्यालय कटारी र अस्थायी ट्राफिक पोष्ट कटारीको संयुक्त पहलमा ओभरलोड बोक्ने ट्रिपरहरुलाई कार्वाही शुरु गरिएको हो ।

केही दिन अघि एक औपचारिक कार्याक्रमका विच प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले ओभरलोड बोक्ने ट्रिपरलाई कार्वाही गर्न ईलाका प्रहरी कार्यालय लगायत सरोकारवाला सवै निकायहरुलाई निर्देशन दिएको थियो । कटारी नगरपालिका १,२ र ३ नं. वडाका स्थानीयवासीहरुले टिपरको कारणले धेरै समस्यामा परेको गुनासो गरेपछि प्रजिअले यस्तो निर्देशन दिइएको हो । विद्यार्थीहरुलाई विद्यालय जाने र घर फर्कने समयमा टिपरलाई रोक्न समेत निर्देशन दिइएको थियो ।

प्रजिअले निर्देशन दिएअनुरुप पहिलो चरणमा ओभरलोड बोक्ने ट्रिपरहरुको चुनढुंगा झार्न लगाईएको र चालक र सह चालकहरुलाई चेतवनीमुलक सन्देश दिइएको अस्थायी ट्राफिक पोष्ट कटारीका हवल्दार मान कुमार कार्कीले बताए ।

शिव ओम मल्टिप्रपोज प्रा.लि.ले सिराहाको चोहर्वामा रहेको मारुती सिमेन्ट उद्योग र धनुषाको महेन्द्रनगरमा रहेको कसमस सिमेन्टमा चुनढुंगा ढुवानी गर्दे आएको छ । मारुती सिमेन्टले सिन्धुलीको ककुरठाकुर र कसमस सिमेन्टले उदयपुरको सिरिसेबाट उत्खनन गर्दे आएको हो ।

मिर्चैया–कटारी खण्डको २६ किलो मिटर सडकमामा दैनिक ५ सयको हाराहारी ट्रिपर चलिरहेको छ भने अन्य सवारी साधन करिव १ सय ५० भन्दा बढी गुडिरहेको अस्थायी ट्राफिक पोष्टले जनाएको छ ।

विगतदेखि ट्रिपरका कारण सडक जिर्ण बन्दै गएको र अन्य साना सवारी साधन संचालन गर्न कठिनाई भएको भन्दै चरण चरण छलफल र अन्तक्रिया भएपनि ठोस निष्कर्ष आउन नसकेको स्थानीयवासीहरुले गुनासो गरेका छन् । साथै ट्रिपर अत्याधिक चल्ने हुँदा धुलो धुवाका कारण स्थानीयवासीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै विभिन्न चरणमा आन्दोलन पनि हुँदै आएको छ । तर आन्दोलन हुने तर कार्यान्वय नहुँदा स्थानीयवासी चिन्तित बनेका थिए

113 पटक हेरिएकाे
Top