मेस्सी बने २०१७ को उत्कृष्ट फूटबलर, तर किन नेइमार र रोनाल्डो छायांमा परे ?

E Naya Khabar Reporter २०७४ पुस १३ गते बिहीवार | Big News, खेलकुद

 

१४ पौष ,काठमाडौ
संसार भरिका खेलप्रेमीहरुको ध्यान आकर्षित गर्न सफल युरोपेलि फुटबलको शीर्ष लिगका खेलहरु सन् २०१७ का लागि भर्खरै सकिएका छन् । पाँच लिग स्पेनको ला(लिगा, इङ्ग्ल्याण्डको इङलिस प्रीमियर लिग,जर्मनीको बुन्डेस लिगा,फ्रान्सको लिग वान र इटालीको सिरि ए लाई युरोपको मात्रै नभएर विश्वकै उत्कृष्ट र लोकप्रिय फूटबल लिगको रुपमा हेरिन्छ ।
यसैबीच संसारका विभिन्न मुलुकबाट आएर युरोपको यहि शिर्ष पाँच लिगमा व्यवसायिक खेल खेल्दै आएका प्रतिभावान खेलाडिहरुलाई समेटेर खेलकुद संबन्धि प्रतिष्ठित मिडिया स्काई स्पोर्ट्सले सन् २०१७ का लागि खेलाडीहरूको पावर र्या्ङ्ग्किङ्ग को मदतमा टप–१०० खेलाडीको सूची सार्वजनिक गरेको छ ।
उक्त सुचिमा बार्सिलोनाका अर्जेन्टाइन सुपरस्टार लिओनल मेस्सी पहिलो नम्बरमा परेका छन् । त्यसपछि इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ईङ्गल्याण्डका ह्यारी केन दोस्रो नम्बरमा पर्दा यसै सिजन बार्सिलोनाबाट विश्वको अहिले सम्मकै सर्वा्धिक महँगो ट्रान्सर्फमर मुल्यमा पिएसजी गएका ब्राजिलियन नेइमार तेस्रो स्थानमा छन् ।
विश्व फूटबलमा सधैं मेस्सीका खास प्रतिस्पर्धीको रुपमा हेरिने गरिएका रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने चौथो स्थानमा समेटिएका छन् । यो सूचीको पाँचौं नम्बरमा टोटनह्यामका क्रिस्टियन एरिक्सन परेका छन् । औसत उत्कृष्ट प्रदर्शनको बाबजुद पनि वर्षका टपटेन खेलाडीको सूचीमा लुइस स्वारेज, एडिसन काभानी,सर्जियो अगुएरो तथा एन्टोनियो ग्रिजमान जस्ता स्टारहरु भने परेका छैनन् ।
एजेन्सीको सहयोगमा यहाँ सन् २०१७ का उत्कृष्ट १०० फूटबलरमा पर्न सफल मध्ये उत्कृष्ट ५० जनाको नाम तल प्रस्तुत छ ।
५०. थिएगो – बायर्न म्युनिख

४९. टेर स्टेगन – बार्सिलोना

४८. राज्डा नैङ्गगोलान – रोमा

४७. पाउल पोग्बा – म्यानचेस्टर युनाइटेड

४६. मार्क हाम्सिक – नापोली

४५. कोलारोभ – म्यानचेस्टर सिटी

४४. आइगो आसपास – सेल्टा भिगो

४३. निकोलस ओटामेन्डी –म्यानचेस्टर सिटी

४२. एमेरिक ओबामेयांग–बोरुसिया डर्टमान्ड

४१. सिरो इम्मोबाइल – लाजियो

४०. लुइस स्वारेज – बार्सिलोना

३९. एलेक्सजान्डर लाकाजेट – आर्सनल

३८. रोबर्टो फर्मिनो – लिभरपुल

३७. इभान पेरिसिक – इन्टर मिलान

३६. रहिम स्टरलिंग – म्यानचेस्टर सिटी

३५. लेरोइ साने – म्यानचेस्टर सिटी

३४. राडामेल फाल्काओ – मोनाको

३३. मार्कुस रास्फर्ड – म्यानचेस्टर युनाइटेड

३२. मेम्फिस डिपे – लियोन

३१. आर्जेन रोबिन – बायर्न म्युनिख

३०. फिलिपे कौटिन्हो – लिभरपुल

२९. एलेहान्ड्रो गोमेज – एटलान्टा

२८. सर्जियो अगुएरो – म्यानचेस्टर सिटी

२७. गोन्जालो हिगुएन – युभेन्टस

२६. हेउङ्ग(मिन(सन – टोटेनह्याम

२५. फ्लोरियन थाउभिन – मार्सल

२४. मोहमद सलाह – रोमारलिभरपुल

२३. एन्टोनियो ग्रिजमान–एथ्लेटिको म्याड्रिड

२२. कासेमिरो – रियल म्याड्रिड

२१. नबिल फेकीर – लियोन

२०. एलेक्सिस स्यान्चेज – आर्सनल

१९. डेभिड सिल्भा – म्यानचेस्टर सिटी

१८. डेले अली – टोटनह्याम

१७. इस्को – रियल मड्रिड

१६. इडेन हाजार्ड – चेल्सी

१५. किलियन एमबाप्पे – मोनाको र पिएसजी

१४. पाउलो डिबाला – युभेन्टस

१३. एडिसन काभानी – पिएसजी

१२. लोरेन्जो इन्सिगने – नापोली

११. एडेन जेको – रोमा

१०. रोवर्ट लेवानडोस्की – बायर्न म्युनिख

९. साउल निगुएज – एथ्लेटिको मड्रिड

८. केभिन डी ब्रोइना – म्यानचेस्टर सिटी

७. रोमेलु लुकाकु – म्यानचेस्टर युनाइटेड

६. ड्रिएस मेर्टेन्स – नापोली

५. क्रिस्टियन एरिक्सन – टोटनह्याम

४. क्रिस्टियानो रोनाल्डो – रियल मड्रिड

३. नेइमार – बार्सिलोनारपिएसजी

२. ह्यारी केन – टोटनह्याम

१. लियोनल मेस्सी – बार्सिलोना आदी हुन ।

144 पटक हेरिएकाे
Top