पुल बन्ने पैसा बेलिब्रिजमै स्वाहा ? कहिले बन्छ होला सुनकोसीमा नदीमा पुल ?

E Naya Khabar Reporter २०७४ पुस १२ गते बुधवार | Big News, फिचर, समाचार

 

उदयपुर, पुस १०

उदयपुरको गाईघाट र खोटाङको दिक्तेल सडक खण्डको सुनकोसी नदीमा पक्की पुल बनाउन थालेको पाँच वर्ष भइसक्यो । पुल बन्न थालेको चौथो पटक यस वर्ष पनि बेलिब्रिजनै लगाइएको छ ।  लगाइएको छ । उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिज वर्षेनी जडान हुने गरेको हो ।

सगरमाथा लोकमार्ग अन्र्तगत पर्ने गाईघाट–दिक्तेल सडक खण्डको सुनकोशी नदिको फोक्सिनटार गएको चार वार्ष अघिदेखि वर्षेनी बेलिब्रिज जडान हुँदै आएको छ । पुस महिनामा जडान हुने र जेठ महिना नलाग्दै झिक्ने बेलिब्रिज जडान गरेर यस वर्ष पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु गरिएको हिमाली यातयात व्यवसायी बताएको छ । ‘पुस लाग्दै बिलिब्रिज लगाइन्छ,’ हिमाली यातयत वस व्यवसायी संघ उदयपुरका महासचिव भक्ति मैनालीले भने, ‘गाईघाट दिक्तेल सडक जोडिएको वर्षो भयो पुल बनेको छैन ।’ करिव ७५ लाखको लागतमा सगरमाथा कन्ट्रक्सनले बेलिब्रिज यस वर्ष जडान गरेको कन्ट्रकन्सका प्रोपाईटर प्रेम कार्कीले बताए । ‘वर्षेनी बिलिब्रज लगाउने खर्च त बढि हाल्छ नी, उनले भने, ‘गएको वर्षको जडान गरेको लागतमा यस वर्ष जडान सकिदैन ।’ वर्षेनी पुलको बिकल्पमा जडान हुने बिलिब्रिजको लागत पनि बढिरहेको छ ।

सुनकोसी नदीमा ५० मिटर लम्वाई र २५ टन क्षमता भएको बेलिबिज लगाइएको छ । यसरी लगाइएको बेलिब्रिज पुस महिनामा लगाइन्छ भने जेष्ठ १५ मा झिकिसक्नु पर्दछ । पुसदेखि जेठसम्म सिधा यातयात सञ्चालन भएपनि जेठदेखि पुन पुसम्म ठप्प हुन्छ ।  उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण कार्य थालिएको पाँच वर्षसम्म ज्युका त्यही छ । निर्माण कार्य थालिएको पाँच वर्षसम्म ठेकेदार र कर्मचारीको चरम लापबाहीको कारण पुल नबनेको सरोकारवालको दावी छ ।

हिउँदमा बेलीब्रिज पुल सञ्चालन सिधा यातयात सञ्चालन भए पनि वर्खाको वेला  ठप्पनै हुने गर्दछ । पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पुर्वी सेक्टर कार्यालय धरान सुनसरीका इन्जिनियर विजय दराईले जानकारी दिए । ‘ठेकेदार कम्पनी र कर्मचारीले बेवास्ता गरेको होइन,’ इन्जिनियर दराइले भने, ‘अहिले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो तर, पुरानो डिजाइनले काम गरेन । इन्जििनियर दराईका अनुसार ०७० सालको पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो । तर, २०६९ सालमा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाईन गर्न झन्डै ४ वर्ष लागेको छ । ‘सुरुमा म थिइनँ, पुन दराईले भने, ‘अहिले नयाँ डिजाइन भनेको आर्कीब्रिज पुल बनाउने तयारी गरेका छौ ।’ आगामी ०७७ असार अन्तिममा सक्ने गरी तयारी थालेको पुल योजना पुर्वी सेक्टर कार्याल धरानले जानकारी दिएको छ ।

कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक लागतमा पुल बन्ने भएको छ । पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडांैले जिम्मा पाएको छ । पुरानो डिजाइनमा पुल निर्माण गर्न पुगेको निर्माण कम्पनीले पिलर गाड्नका लागि खाल्टा खन्ने कार्य सुर गरेर रोकिएको हो । विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलान्यास गरेर निर्माण कार्य सुरु गरेको गाइघाट–दिक्तेल सडक परियोजनाले गाईघाट दिक्तेल सडक निर्माण गरिसकेको २३ वर्ष भयो ।

सडक सञ्चालन भएको २३ वर्ष पुग्दा पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु भएको छैन ।  हिउँदमा सिधा यातयातको लागि बेलिब्रिज जडान गरिन्छ । वर्खामा पुर्ण रुपमा बन्द हुन्छ । वर्खामा सुनकोसीमा पानीको वहाव बढेसँगै बन्द हुने र हिउँदमा पानीको वहाव घटेसँगै सञ्चालन हुने रोग नहटेको यातयात व्यवसायीको गुनासो छ ।  पुल नभएकै कारण खोटामा विभिन्न उपभोग्य बस्तु समेत चर्को मुल्यामा ढुवानी हुने गरेको व्यापारीहरुको भनाइ छ । पूर्व खोटाङको लागि सम्पूर्ण उपभोग्यवस्तुहरु उदयपुरको गाईघाटबाट मात्र ढुवानी हुने गर्दछ । पुल निर्माण थालेको पाँच वर्षसम्म नबन्नुमा सरकारी कर्मचारी र ठेकेदार दोषी भएको अरोप सर्वसाधरणले लगाएका छन । पाँच वर्ष अघि ती वर्षभित्र निर्माण हुन्छ भनेको पुल अहिलेसम्म नबन्नुमा दोषी सरकारी कर्मचारी ठेकेदारको भएको स्थानीय रामकुमार राईले आरोप लगाए । ‘सरकारी पक्ष भन्छ, पुलको डिजाईन फेल भयो,’ उनले भने, ‘ठेकेदार भन्छ, सरकारी कर्मचारीले पुलको डिजाईन पहिला गलत दियो, अहिले दिएकै छैन ।’

पक्की पुला नहुँदा पुर्वी तराईका जिल्ला सप्तरी, सिराहा आउन सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो पर्कनु पर्छ । ‘हिउँदमा मात्र सिधै घाईघाट पुगिने हो,’ फोक्सिनटारका नारायण परियारले भने, ‘बेलिब्रिज झिकेपछि सिधा यातयात सवै ठप्प हुन्छ ।’ खोटाङ उदयपुरका राजनीतिक दलले दुई चुनावमा फोक्सिनटार पुललाई चुनावी नारा बनाए । ‘सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पनि पुल बनाउन पहल गर्ने भाषण गरे,’ स्थानीय रामकुमार राउतले भने, ‘चुनाव जितेको नेता समेत हराए ।’ दुवै जिल्लामा पर्ने गाँउपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित संसदलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ उदयपुरमा सुरेशकुमार राई हिमाल छन भने खोटाङतर्फ विशालकुमार भट्टराई छन । दुवै प्रतिनिधिसभा सदस्यलाई सम्पर्क हुन सकेन ।

230 पटक हेरिएकाे
Top