माओत्सेतुङ्गको पहिलो पेकिंग यात्रा

लेखक हंंस राज  रहवर २०७४ पुस ११ गते मंगलवार | Big News, विचार ब्लग

 

नर्मल कलेजको  अन्तिम वर्ष अर्थात मार्च १९१८मा माओत्सेतुङको आमा छाङशा आउनु भयो । उहा बिरामी  हुनुहुन्थ्यो । शरीर दुखेको थियो । छोरो माओत्सेतान र एउटा मजदुरले उहाँलाई डोलीमा बोकेर ल्याएका थिए । तेस्रो छोरा माओत्सेतान त्यो वर्ष नर्मल कलेजसंग अनुबन्धित प्राइमरी स्कुलमा पढिरहेको थियो ।

आमाको उपचार गराउदा पनि राम्रो भएको थिएन । उहाँ अक्टुबरसम्म बस्नुभयो । त्सेतुङको आमासंग गहिरो प्यार थियो  र उहाँको कारण घरप्रतिको आकर्षण रहेको थियो  जब उहाँ बित्नु भयो  त्यो आकार्षण पनि रहेन । माओत्सेतुङले पेकिङ जाने निश्चिय गर्नुभयो र त्यसका लागि पितासंग खर्च माग्नु भएन ।  तिस हुनानी युवकहरुको दल ‘स्वालम्बी हुन पढौं’ योजना अन्तर्गत फ्रान्स गैरहेका थिए । ती युवकहरुले फ्रान्स जानु भन्दा पहिले फ्रान्सिसी भाषा सिक्नु पर्दथ्र्यो । त्सेतुङ पनि उनीहरुसंग पेकिङ जानु भयो ।

मुख्यत फ्रान्स जानेहरुको छनौट गर्ने व्यक्ति पनि त्यही थिए । चीनमा ‘स्वालम्बी हुन पढौं ’ नामको एउटा संस्था थियो जुन १९०३ मा दुई वुद्धिजीविले स्थापना गरेका थिए । यसको मुख्य कार्यालय पेकिङमा थियो । युद्धको कारण १९१४÷१८ मा फ्रान्समा काम गर्ने हरुको संख्यामा कमी आएको थियो । उनीहरुले चीनिया मजदुर र विद्यार्थीहरुलाई भर्ति गरेर लैजान्थे । दुईलाख भन्दा माथि चीनियाहरु फ्याक्ट्री ,खानी र सार्वजनिक संस्थानहरुमा काम गर्न फ्रान्स  गएका थिए । ‘नया जनस्वध्याय संघ’ ले विचार ग¥यो  कि ‘स्वावलम्बी हुन पढौ’ योजना अन्तर्गत क्रान्तिकारी युवाहरुलाई फ्रान्स पठाऊ ताकी आफ्ना प्रवासी देशवासीहरुमा जागरण ल्याउन र उनीहरुलाई संगठित गर्न सकुन्  ।

यस उद्देश्य बोकेर ‘स्वावलम्बी हुन पढौं’ संस्थाको शाखा छाङशामा स्थापना गरिएको थियो र माओत्सेतुङले संस्थाको पेकिङ स्थित मुख्य कार्यलयसंग पत्रचार गरी यो नियम बनाउनु भयो कि यो योजना अन्तर्गत जाने युवकहरु चरित्रवान हुनुपर्छ र उसको उद्देश्य ‘देश सेवा’ हुनुपर्छ । यो पहिले पनि १९११ को क्रान्तिको असफलता र वान–श खाएको दमनबाट क्रान्तिकारी युवक देशको मुक्ति मार्ग खोज्ने एवम् आफैलाई प्रशिक्षित गर्न फ्रान्स गएका थिए  ।तीस  हुनानी युवकहरुको समूह फ्रान्स गैरहेका थिए , त्यसमा त्सेतुङको दुई मित्र त्साए हो –सेन र शुते(ली पनि थिए । शुको  उमेर ४० वर्ष थियो तर उहाँले प्रध्यापकबाट युवा विद्यार्थी हुन रुचाउनु भयो । माओत्सेतुङ चाहनुहुन्थ्यो भने उहाँ पनि जान सक्नुहुन्थ्यो तर उहाँ जानु भएन । लेख्नुभएको छ ‘‘मैले महशुस गरेको थिए कि ममा आफ्नो देशको बारेमा नै धेरै कम ज्ञान छ र म यही बस्नु उपयोगी हुनेछ । ’’ती युवकहरुले  अधिकांश यात्रा पैदल नै गरे किनकी उनीहरुको उद्देश्य जनसम्पर्क  स्थापित गर्नु थियो । उनीहरुले तुङमिङ लेकको १५५ मील क्षेत्रको यात्रा गरे । किसानहरुले उनीहरुलाई आफ्नो घरमा बसाए र खानेकुरा दिए । त्यसको सट्टामा युवाहरुले किसानहरुको काममा सहयोग गरे र पर्वको दिन ढोकाहरुमा टाँस्नको लागि सुन्दर –शुभ अक्षर लेखिदिए ।

लेकको आसपास जुन उब्जाऊ भूमि थियो त्यसमाथि जमिनदारहरुको कब्जा थियो र जमिनदारहरु गरीब किसानहरुलाई धान खेती गर्न  लगाउदथे । त्यसै क्षेत्रको ७१५  भूमि माथि १८५ किसानहरुको नियन्त्रण थियो र उनीहरुसंग  सेना थियो । यी कुराहरु माओत्सेतुङको स्मृतिमा अंकित भयो । उहाँले साथीहरुसँंग केही पैसा सापटी लिनुभएको थियो जुन पेकिङ पुग्दा नै खर्च भयो । फर्कने इच्छा थिएन । त्यहा बस्ने सामग्री जुटाउनु थियो । छाङशामा  दर्शनशास्त्रका प्रध्यापक याङ छङ ची त्यतिबेला पेकिङ  विश्वविद्यालयमा हुनुहुन्थ्यो । उहाँले पुस्ताकालयको अध्यक्ष ली ती  चाओसंग माओको परिचय गराईदिनु भयो । माओ लीको ‘नौजवान’ पत्रिकाको माध्यमबाट उहाँबारे जानकार हुनुहुन्थ्यो र उहाँको यतिसम्मको प्रशंसक हुनुहुथ्यो कि उहाँको लेख पढेर त्यही लेखनशैली अनुकरण गर्न थाल्नुभएको थियो लीले उहाँलाई खासै ध्यान दिनु भएन तर पुस्ताकालयमा आफ्नो  सहायकको जागिर दिलाई दिनु भयो । तलब आठ डलर प्रति महिना थियो ।पेकिङजस्तो नगरमा आठ डरले जीवन बिताउनु कठिन थियो । तथापि काम नभएको समयमा  नोकरी मिलेको थियो । यति पनि मनग्गे थियो । यसैमा गुजारा चलाउन शुरु गर्नुभयो । त्रिनेत्र कुआं (सान–यात –चिङ)नामको अविकसित बस्तिमा  उहाको बसाई थियो ।

सात जनाले एउटा सानो कोठा भाडामा  लिएका थिए । जब उनीहरु रातमा कोठामा सुत्दथे उनीहरुको सास एक–अर्कासंग जुध्दथ्यो र कोल्टे फेर्न अप्ठ्यारो हुन्थ्यो । तथापि राजधानीको सौन्दर्यले नीरस जीवनको कमीलाई पुरा गर्दथ्यो । पेकिङमा रुखै रुख थियो ।लाईबे्ररीमा उहाँको काम आफैले छानेर पुस्तक निकाली लानेहरुको नाम जो पत्र पत्रिका पढ्न आउने गर्दथे रजिस्टरमा उल्लेख गर्नु थियो । यस कामको दौरानमा त्सेतुङले छद्म बुद्धिजीविहरुको घमण्ड र अहंमका कोक्याउने स्वाद चाख्नु भयो । लेख्नुभएको छ ‘‘मेरो त्यो कामलाई यती सानो ठानिन्थ्यो मान्छे मसंग भेट्न टाढिन्थो । …… आउनेहरुमा अधिकांश नजरमा म मानव नै थिइन । यिनिहरु मध्ये केही पुनर्जागरण आन्दोलनको प्रसिद्ध नेता थिए मेरो लागि  उहाँहरुको नाम चिने जानेको नै थियो । म उहाँहरुसंग राजनीतिक एवम् सांस्कृतिक समस्याहरु माथि कुराकानी गर्न उत्सुक थिए तर उहाँहरु यति व्यस्त हुनुहुन्थ्यो कि दक्षिणी भाषा बोल्ने एक सहायक पुस्ताकालयाध्यसंग कुरा गर्नको लागि उहाँहरुसंग समय थिएन ।’’ उहाँले पेकिङ विश्वविद्यालयको पुस्तकालयमा जुन पाच महिना बिताउनु भयो । त्यो समयमा ती तथाकथित बुद्धिजीविहरुलाई धेरै देख्नु भयो र जाच्नु भयो ।

देश बचाउने उद्देश्यमा उनीहरुको धुवाधार भाषण सुन्दा उहाँ दंग पर्नुहुन्थ्यो तर उनीहरुको अमूर्त ज्ञान र व्यवहार विच कुनै सम्बन्ध थिएन । पढ्नु उनीहरुको एउटा लत थियो अझ आफ्नो पक्ष ढल्दा उनीहरुलाई थोरै पनि  संकोच हुदैनथ्यो । बोल्ने मेशिन’ को व्यग्य उनीहरुमाथि ठिक ढंगले सुहाउँदो थियो ।त्सेतुङ ती मानिसहरुको कारण हताश हुनु भएन । उहाँले दर्शन परिषद र पत्रकारिता परिषदमा आफ्नो नाम लेखाउनु भयो र त्यसको क्लासमा जान थाल्नु भयो । पत्रकारिता परिषदको एक प्रध्यापक शाओ प्याओपिङसग उहाँको घनिष्टता भयो । उहाँ धेरै नै मिलनसार, असल र सच्चा मानिस हुनुहुन्थ्यो । उहाँको विचार खरो अराजकतावादी थियो तर यो प्रवृत्ति त्यो समयमा आम थियो । त्यो त्सेतुङको लागि धेरै नै सहायक सिद्ध थियो ।  १९२७ मा चाङचोलीनले उहाँको हत्या ग¥यो ।  छन कुङ पो , शान र चाङखो थाओ संग पनि त्यही परिचय भयो । यी तिनै जना कम्युनिष्ट पार्टीमा लाग्नुभयो तर पछि बदलिए । चाङ खो थाओ त लम्बे अभियानमा माओत्सेतुङको विरोधी बने र उसको विरुद्ध कडा संघर्ष गर्नु प¥यो ।लीता चाओ  माक्र्सवाद सम्बन्धी लेख लेख्ने एवम १९१७ को रुसी क्रान्तिको प्रशंसा गर्ने वुद्धिजीविहरु मध्ये पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाले १९१८ को अन्तिममा ‘माक्र्सवादी अध्ययन समूह’ को स्थापना गर्नुभयो  । त्सेतुङ यसको सदस्य बन्नुभयो र  लीले   माक्र्सवाद बारे  जे लेख्नुभएको थियो ती सबै पढ्नुभयो उहाँले अनुवाद गर्नुभएको लेनिनको कृतिहरु पढ्नु भयो । लेख्नुभएको छ ‘‘ली संग रहेर म तेज गतिमा माक्र्सवाद तर्फ बढे । ’’ ‘‘नौ जवान’’ पत्रिकाको सम्पादक छन् तू श्यूसंग  पनि सम्पर्क स्थापित भयो । लेख्नुभएको छ  ‘उहाँले मलाई सबैभन्दा धेरै प्रभावित पार्नु भयो ।’’ धेरै  समयसम्म त्से तुङले छन तूश्यूलाई चीनको सबैभन्दा ठूलो क्रान्तिकारी सम्झनु भयो तर पछि उसले नै उहाँलाई सबैभन्दा धेरै निराश बनायो । त्यतिबेला छनको उमेर ३९ र लीको  ३० वर्ष थियो  ।

१९२७ मा लीको च्याङ काइसेकको हातबाट हत्या भयो तर छन् आत्मासमर्पणवादी प्रमाणित भए । विचार बदलिएपछि त्से तुङको जीवन पनि बदलियो । नयाँ जनस्वाध्याय संघमा काम गर्दा उहाँ साधु स्वभावको तपस्वी हुनुहुन्थ्यो जो संग ‘प्यार र रोमान्स’ को लागि समय थिएन, उहाँको ‘महिला तीर थौरै पनि दिलचस्पी थिएन ।’ तर अब उहाँ प्रोफेसर याङको  सुन्दर छोरी याङ काइ हुकईसंग प्रेम  गर्नुहुथ्यो । याङको ढोका विद्यार्थीको लागि हमेशा खुल्ला रहन्थ्यो । उहा त्सेतुङको परम मित्र हुनुहुन्थ्यो । उहाँलाई पढ्नको लागि पुस्तकहरु दिनुहुन्थ्यो । उहालाई हरेक किसिमले सहयोग गर्नुहुन्थ्यो र मानिसहरुसँग उहाँको  प्रतिभाको प्रशंसा गर्न कहिले थाक्नु हुदैनथ्यो । याङ काइ हुुइ पत्रिकारीताको कक्षामा आउने गर्नुहुन्थ्यो । त्सेतुङ उनीसँग कक्षा र पिताको घरमा प्राय भेटहुन्थ्यो । याङ काइ हुइको जन्म १९०१ मा भएको थियो । उहाँ शिष्ट स्वभाव भएको अत्यन्त सुन्दर सु–शिक्षित सुन्दरी थिइन । उहाँले पिताबाट त्सेतुङको प्रशंसा मात्र सुन्नुभएको थिएन तथापी स्वयमले सबै देख्नु र बुझ्नु भएको थियो । जुन विचारले त्सेतुङलाई आन्दोलित बनाउँदथ्यो त्यो उहाँलाइ पनि पिताको विरासवाट पाउनुु भएकोे थियो ।

दुबै आफ्नो दृष्टिकोण प्रति पूर्ण रुपमा समर्पित एवम पूर्ण रुपमा निष्ठावान हुनुहुन्थ्यो । त्यही दृष्टिकोण उहाँहरु दुईकोे प्रेमको आधार बन्यो ।त्सेतुङले पेकिङ होखो रेलवे मजदुरहरुको सामाजिक अनुसन्धानको काम पनि गर्नुभयो । उहाँले यस क्रममा दक्षिणमा ९३ मील च्याङ शिनश्येन रेलवेसम्म पुग्नुभयो । जो मजदुरहरुसंग उहाँले  सम्पर्क स्थापित गर्नुभयो, त्यस मध्ये कयौं कम्युनिष्ट टे«ड युनियनकोे कार्यकर्ता बने र कम्युनिष्टहरु द्धारा संचालित १९२० को रेलवे हड्तालमा भाग लिए । केहीलाई त्सेतुङले १९२१ मा ‘स्वाबलम्बी हुन पढौं’ आन्दोलन अन्तर्गत फ्रान्स पठाइदिनु भयो ।
नोभेम्बर १९१८ देखि अप्रील १९१९ सम्म ६ महिनामा त्सेतुङका हुनानी मित्रहरुले फान्सीसी भाषाको कोर्स पुरा गरे । अब उनीहरु  शाङघाइबाट फ्रान्स जानु थियो । उहाँ उनिहरुलाई बिदा गर्न संगै जानु भयो ।  उहाँले  पैसा  सापटीे लिनुभएको थियो, त्यो सिर्फ थ्येनचिन सम्मको रेल भाडा थियो अगाडि जानका लागि समूहको एउटा विद्यार्थीबाट अरु दश डलर प्राप्त भयो । सिधै जानुको सट्टा उनीहरु नानकिङ  भएर गए । बाटोमा उहाँहरुले कन्फूसियसको समाधी देख्नुभयो । ती बाटोेहरु  देख्नुभयो  जहा ती महान् विचारको बचपन बितेको थियो र नदी देख्नुभयोे जहा उहाँका शिष्यहरुले खुट्टा धुने गर्दथे । उहाँले मेशियस र पेनहुईको जन्मास्थानको दर्शन गर्नुभयो र शानतुङको  ताए पर्वतमा चढ्नुभयो जुन आफ्नो प्राकृतिक सौन्दर्य एवम ऐतिहासिक स्मृतिहरुको लागि प्रसिद्ध छ । थुङ – शिङ सरोबर देख्नुभयो र ती सबै ऐतिहासिक ठाउ तथा मन्दिर देख्नुभयो जसको विवरण प्राचीन ग्रन्थमा पढ्नु भएको थियो । देशको महानता र विशालता उहाँको मनमा अंकित भयो ।

जब उहाँ नानकिङ हुदै हुआ हुकओ पुग्दा पुनः त्यही समस्या सामुन्ने थियो कि अगाडि कसरी जाने ?उहाँसंग न टिकट थियो र न पैसा नै । राती स्टेशनमा बिताउदा समस्या माथि समस्या पर्यो कि चोरले उहाँको जुत्ता चोरी दियो । संयोगवस त्यतिबेला हुनानकोे एकजना पुरानो साथीसंग भेट भयो । उहाँबाट पैसा पाउनु भयो र जुत्ता खरीद गर्नुभयो र सांघइको टिकट पनि । ती साथीलाई बिदा गर्दै अप्रीलको अन्तिमतिर छाङशामा संगठनको काममा व्यस्त हुनुभयो । उहाँ फर्किएको केहि दिन भएको थियो कि ‘चार मई ’ आन्दोलन शुरु भयो ।

अनुुवादक विनोेद कटुुवाल दिवश

137 पटक हेरिएकाे
Top