पहिलो स्वर्ण महोत्सव बनाउने तयारी गर्दै त्रिवेणी मावि कटारी 

E Naya Khabar Reporter २०७४ पुस ११ गते मंगलवार | Big News, शिक्षा, समाचार

 

कटारी, पुस ११

उदयपुरको कटारी स्थित श्री त्रिवेणी मावि ५० वर्ष पुगेको अवसरमा हुने वृहत स्वर्ण महोत्सवका लागि तयारी तिब्र पारिएको छ । आगामी माघ २५ देखि २९ गते सम्म विविध कार्यक्रमका साथ आयोजना गरिने स्वर्ण महोत्सवका अवसरमा अनावरण गरिने स्वर्णस्तम्भ निर्माण कार्य भईरहेको छ ।

भद्रकाली कलाकुञ्ज ईटहरी सँग १२ लाख नगद र सामाग्री महोत्सव आयोजकले व्यहोर्ने गरी १८ लाख बराबरको स्तम्भ निर्माणको कार्य तिब्र रुपमा अगाडि बढिरहेको आज बसेको मुल आयोजक समितिको बैठकमा विद्यालयका प्रधानाध्यापक तथा स्वर्ण महोत्सव मुल समारोह समितिका सचिव बालकृष्ण कार्कीले बताए ।

त्यसैगरी महोत्सवका अवसरमा विमोचन गरिने स्मारिका प्रकाशनको काम पनि अघि बढेकाले यहि पुष २० गते भित्र आप्mना स्मरणिय लेखहरु तथा विभिन्न लेखहरु विद्यालयमा बुझाउन वा प्रकाशन समितिलाई उपलब्ध गराउन प्रकाशन समितिका संयोजक सूर्य कार्कीले आग्रह गरेका छन । स्वर्ण महोत्सव सफल बनाउन विद्यालयका पूर्व विद्यार्थीहरु तथा सरोकारवालाहरु सबैलाई आर्थिक सहयोग उपलब्ध गराउन समेत अपिल गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा पहिलो दिन सम्भव भएसम्म प्रदेश प्रमुखबाट समुदघाटन र अन्तिम दिन राष्ट्रपतिबाट समापन गराउने कार्यक्रमको तयारी गरिएको छ । त्यसैगरी दोस्रो दिन विभिन्न खेलकुद प्रतियोगिता तेस्रो दिन , हाजिरी जवाफ तथा चौथौ दिन साहित्यिक कार्यक्रमको आयोजना गर्ने तयारी भईरहेको छ ।
महोत्सवमा ३५ लाख बढिको लागत लाग्ने अनुमान गरिएकाले सबैलाई आर्थिक सहयोग गर्न आयोजकले आग्रह गरेको छ । २०२४ सालमा कटारीमा स्थापना भएको विद्यालयका सवै पूर्व विद्यार्थीहरुलाई महोत्सवका लागि सहयोग गर्न आग्रह गर्दै सहभागिता जनाउन र लेख , रचना ,स्मरण उपलब्ध गराउन पनि विद्यालयले आग्रह गरेको छ ।

128 पटक हेरिएकाे
Top