महात्मा बुद्धका चिकित्सक जीवक बेश्याका छोरा थिए….

 एजेन्सीको सहयोगमा २०७४ पुस ४ गते मंगलवार | Big News, रोचक, र्इखबर

 

महात्मा वुद्धका चिकित्सक जीवकको जन्म र मृत्युको यकिन मिति छैन । तर इसाइ पूर्व ६०० देखि ५०० मानिने गरेको छ । उहाँको आमा सलावती राजगृह (जुन आधुनिक पटना हो) को प्रमुख वेश्या थिइन । छोराको जन्मपछि लोकलाजवाट बच्नका लागि उनले बच्चलाई फोहरको कन्टेनरमा फ्याकी दिएकी थिइन । त्यहाँ जीवित बच्चालाई देखेर मान्छेहरुले राजकुमार अभयलाई जानकारी दिए । राजकुमारले बच्चालाई ल्याएर लालन पालन गरे ।

उसको नाम जीवक राखि दिए । जव जीवकले आफ्नो जन्म कहानी थाहा पाए, तब विना जानकारी दरवार छोडेर हिड्े । जीवक तक्षशिला पुगे । त्यतिवेला त्यहाँ विश्वविधालय थियो । त्यहाँ उहाँले सात वर्षसम्म आयुर्वेद शिक्षा लिनुभयो । अध्ययन पुरा गरेपछि गुरुले परिक्षाको रुपमा जीवकसंग भन्नुभयो,  ‘तक्षशिलाको आसपास रहेको त्यस्तो वनस्पतिहरु खोजेर ल्याउ, जसमा कुनै औषधीय विशेषता नभएको होस् ।’ जीवकले तक्ष्शिलतवाट टाढाको दुरीसम्मका सवै उपलब्ध वनस्पतिहरुको गहन अनुसन्धान गर्नुभयो र फर्कनुभयो । उहाँले स्पष्टसंग भन्नुभयो, ‘मलाई माफ गर्नुहोस, यस्तो कुनै वनस्पति भेटिएन जोेसंग औषधीय गुण नभएको होस ।’ गुरुले जीवकको शिक्षा पूर्ण भएको घोषणा गरी विदा गर्नुभयो ।

जीवक साकेत (आधुनिक अयोध्या) पुग्नुभयो । उहाँसंग खर्च थिएन । त्यतिवेला एक धनि व्यापारीसंग भेटभयो । उनको श्रीमति  सात वर्षदेखि अस्वस्थ थिइन । उनीलाई विभिन्न उपचारको उपायले कुनै प्रभाव परेको थिएन । जीवकले उनको उपचार गरेर तुरुन्त स्वस्थ वनाइदिए । व्यापारीले ठूलो राशि, यात्राको लागि रथ, दासदासी व्यवस्था गरेर जीवकलाई विदा गरे ।  त्यसपछि जीवक राजगृह पुग्नुभयो र आफ्नो प्राणदाता राजकुमार अभयसंग भेटनुभयो । आफूले आर्जन गरेको सवै सम्पति राजकुमारलाई सुम्पीदिए र अभयको पिता राजा बिंबासारको उपचार गर्न थाल्नुभयो, जो भंगदर रोगवाट पिडित हुनुहुन्थ्यो ।

जीवकले एउटा लेप तयार गर्नुभयो  । जसको एक पटकको प्रयोगवाट राजा स्वस्थ वने । राजाले जीवकलाई उपहार स्वरुप सवैखाले रत्नभुषण दिए । राजवैध तथा महात्मा बुद्धका चिकित्सक पनि नियुक्ति गरे । जीवक औषधिको लागि हर प्रकारको पदार्थ प्रयोग गर्नुहुन्थ्यो । एक दिन उज्जैनको राजाले उपचारको लगि उहाँलाई बोलाउनुभयो । राजालाई घीउसंग घृणा थियो । जीवकले औषधीमा घिउको प्रयोग गर्नुभयो । औषधी दिएर उहाँ फर्कनुभयो । राजालाई पछि जानकारी भयो कि, घिउ प्रयोग गरिएको छ । तब जीवकलाई वन्दि वनाउन सैनिकलाई आदेश दिए । सैनिकहरुले जीवकलाई घेरा हाले । जीवक हर्रो खाईरहेका थिए । सैनिकहरुलाई उहाँले प्रेमपूर्वक खान दिनुभयो । सैनिकहरुलाई पखाला लाग्यो र पेट दुख्न थाल्यो । उनीहरुले आचार्य जीवकसंग प्राण रक्षाको याचना गरे । जीवकले भन्नुभयो ।

म तिमिहरुलाई स्वस्थ वनाइन्छिु तर सैनिक फर्कनुपर्छ र मलाई राजगृह जान दिनुपर्छ । आश्वसान पाएपछि जीवकले औषधी दिएर हिडनु भयो । जीवकको औषधीले उता उज्जैन राजा स्वस्थ वनिसकेका थिए । सैनिहरुवाट जानकारी लिएपछि राजालाई ठूलो पश्चाताप भयो । उनले वहुमुल्य वस्तुहरु जीवकलाई उपहार स्वरुप पठाए । यधपी जीवक आफूसंग केही राख्दैन थिए । ती वस्तुहरु महात्मा बुद्धलाई दिनुभयो । उहाँ औषधीय चिकित्साको साथै शाल्य चिकित्सामा पनि निपूर्ण हुनुहुन्थ्यो । उहाँले बुद्धको उदर रोगको उपचार गर्नुभयो ।

जीवक गरीवहरुको निशुल्क उपचार गर्नुहुन्थ्यो र धनिहरुवाट प्राप्त धन वाँडनुहुन्थ्यो । राजा बिंबासार पछि उहाँ अजातशत्रुको राजवैध वन्नुभयो  । उहाँको प्रभावले नै अजातशत्रुले बौद धर्म स्वीकार गर्यो । जीवक बालरोग चिकित्सामा पनि निपूर्ण हुनुहुन्थ्यो । उहाँको वारेमा बौद्ध ग्रन्थहरुमा प्रचुरमात्रामा उल्लेख गरेको पाईन्छ ।

 एजेन्सीको सहयोगमा

299 पटक हेरिएकाे
Top