बन्लान त माओवादी केन्द्रका बादल राष्ट्रपति ?

E Naya Khabar Reporter २०७४ पुस ३ गते सोमवार | Big News, राजनीति

 

पेरिसाडाँडाँ पुस  ३

नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्रलेको बैठले बादललाई राष्ट्रपति बनाउने मुख्य निर्णय गरेको हो ।

स्रोतका अनुसार नेकपा एमाले माओवादी गठबन्धनको भाग बन्डाको कुरा मिलेपछि बदलाई राष्ट्रपछि बनाउने निर्णय माओवादीले गरेको हो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको जानकारी दिइएको छ ।

सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी छ । बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् । चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो । अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा पनि बादल मानेका थिएन । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रचण्डाको आश्वासन पाएका थिए ।

बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाममा माओवादी केन्द्रले निर्णय गरेको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । ‘कमरेड बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ’, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।’ यता एमालेका केही नेता पनि राष्ट्रपतीका अाँकाँक्षी भएकाे बताइन्छ ।

बैठकले के के यस्तो निर्णय गर्यो

नेकपा माओवादी केन्द्रको सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्ने मुख्य निर्णय गरेको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वाम गठबन्धनलाई पछिल्ला निर्वाचनबाट जनताले अनुमोदन गरिसकेकाले अब पार्टी एकताको प्रक्रियालाई पनि सरकार गठनको प्रक्रियासँगै अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष भएको बताइन ।

भुसालले राष्ट्रियसभा गठन राजनीतिक कुरा भएकाले यस विषयमा राजनीतिक छलफलबाट अगाडि बढ्नुपर्ने बताइन् ।

बैठकले निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, सरकार र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएको पनि प्रवक्ता भुसालले जानकारी दिइन् । उनले राष्ट्रपतिमा बादलको नाम अघि बढेको पनि बताईन ।

97 पटक हेरिएकाे
Top