‘आऊ मलाई सम्भोग गर’ की सर्जक शाहको आज निधन

E Naya Khabar Reporter २०७४ पुस ६ गते बिहीवार | ताजा अपडेट, साहित्य

 

काठमाडौँ, ६ पुस, ‘आऊ मलाई सम्भोग गर’ की सर्जक प्रेमा शाहको आज निधन भएको छ ।
शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षका उमेरमा आज निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिनुभयो । ।
श्रीमती शाह केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । शाहको ‘पहेंलो गुफा’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बजैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा ‘आकाश विभाजित छ’ लगायत कृति प्रकाशित छन् । उहाँ विशेषगरी यौन साहित्यमा कलम चलाउनुहुन्थ्यो । छोरी नायिका जल शाहसँग उहाँ एक दशकदेखि अमेरिकामा बस्दै आउनु भएको थियो ।

312 पटक हेरिएकाे
Top